जलजलामा अखिल क्रान्तिकारीको संगठन बिस्तार

Gandaki Pardesh notice

बेनी । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववीयू क्रान्तिकारीले मंगलबार पर्वतको जलजला गाउँपालिकामा संगठन बिस्तार गरेको छ ।

मिलनचोकमा भएको भेलाबाट सागर परियारको अध्यक्षतामा गठन भएको पालिका स्तरीय अखिल क्रान्तिकारीको संगठन कमिटीको उपाध्यक्षमा भिम फगामी पुन, रेमबहादुर पुन, प्रसिद्ध आचार्य, सचिबमा सुबास आचार्य, सहसचिबमा भुवन जिसी, अनिष आचार्य र कोषाध्यक्षमा सिमा जिसी चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

स्वमसेवक बिभाग प्रमुखमा नबराज आचार्य, छात्रा बिभाग प्रमुखमा मनिसा परियार, खेलकुद अतिरिक्त क्रियाकलाप प्रमुखमा सुमित परियार (निशान), सांस्कृतिक साहित्य बिभाग प्रमुखमा सागर सुनार चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

अखिल क्रान्तिकारीका जिल्ला संयोजक सुवास पौडेलको अध्यक्षता, अमृत आचार्यको स्वागत र साजन परियारको सञ्चालनमा भएका कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य बिजयप्रकाश सापकोटा र माओवादी केन्द्रका जलजला गाउँपालिका अध्यक्ष दिपक आचार्यको उपस्थिति थियो ।
केन्द्रिय सचिवालय सदस्य सापकोटाले कोरोना र निषेधाज्ञाले प्रभावित बनेको शिक्षा क्षेत्रलाई लयमा फर्काउन सरकारले बिशेष कार्यक्रम बनाउनुपर्ने र प्राबिधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । भेलामा जम्मा भएका बिद्यार्थीहरुले मिलनचोकमा अमेरिकी एमसिसी परियोजना संसदबाट पारित गर्न नदिनका दवाव दिदै कोणसभा गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...