![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
बेनी । म्याग्दीको बेनीमा मंगलबार सामाजिक बिकास कार्यालय स्थापना भएको छ ।
गण्डकी प्रदेश सरकार, शिक्षा, संस्कृति, बिज्ञान, प्रबिधि तथा सामाजिक बिकास मन्त्रालय अन्तरगत बेनीमा कार्यालय स्थापना भएको हो । यो म्याग्दीमा गण्डकी प्रदेश सरकारको कान्छो कार्यालय भएको बताइएको छ ।
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
कार्यालयका प्रमुख डम्बरबहादुर जिसीले शिक्षा, संस्कृति, बिज्ञान, प्रबिधि तथा सामाजिक बिकास मन्त्रालयले बजेट बिनियोजन गरेका कार्यक्रमहरु यस वर्षदेखि कार्यालय मार्फत कार्यान्वयन हुने बताउनुभयो ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
दश जना कर्मचारीको दरबन्दी रहेको कार्यालय मंगलाघाट स्थित तत्कालीन महिला तथा बालबालिका कार्यालयको भवनमा स्थापना भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग साबिकका महिला तथा बालबालिका कार्यालयको संरचना प्रयोग गर्ने सहमति भएको छ ।
छिट्टै कार्यालय उद्घाटन र कार्यक्रम सार्वजनिक गर्ने कार्यालय प्रमुख जिसीले बताउनुभयो ।
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)