निजामती दिबस बहिस्कार गरेका पालिकाका कर्मचारीले प्रशासनमा बिरोधपत्र बुझाए

Gandaki Ghumau

बेनी । म्याग्दीका स्थानीय तहका कर्मचारीहरुले मंगलबार मनाइएको निजामती सेवा दिवस बहिस्कार गरेका छन् ।


दिबसलाई बहिस्कार गरेका स्थानीय तह कर्मचारी जिल्ला संयोजन समितिले एउटै प्रक्रियाबाट सेवामा प्रवेश गरेका कर्मचारीहरुबीच भएको बिभेदको अन्त्य गर्न माग गर्दै प्रशासन मार्फत प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोक सेवा आयोगमा बिरोधपत्र पठाएका छन् ।

Shreekrishna
Gunasthariya Shiksya


लोक सेवा आयोगको परिक्षा उतिर्ण गरेर स्थानीय तहको सेवामा कामकाज गरिरहेका कर्मचारीहरुमाथी भएको नीतिगत र ब्यवहारगत बिभेद अन्त्यको माग गर्दै स्थानीय तह कर्मचारी हकहित केन्द्रका गण्डकी प्रदेश सदस्य प्रकाश सुबेदी नेतृत्वको टोलीले प्रजिअ गणेशबहादुर अधिकारीलाई बिरोधपत्र बुझाउनुभएको थियो ।


निजामती कर्मचारीको परिभाषाबाट बाहिर राखिएको, सेवा सुबिधाको सम्बन्धमा कुनै नीतिगत ब्यवस्था नभएको, बृत्तिबिकासको आधार सुनिश्चित नगरी अन्यौलता सिर्जना भएको, सेवा प्रवेशकालिन तालिम, बिमा र निजामती अस्पतालबाट पाइने सेवा सुबिधाबाट बञ्चित गराएको, सरुवाका लागि जनप्रतिनिधीलाई जबरजस्ती प्रशासनिक काममा हस्तक्षेप हुने वातावरण बनाएको बिरोधपत्रमा उल्लेख गरिएको छ ।


स्थानीय तहको सेवामा सेवारत कर्मचारीहरुको स्वामित्व लिन तयार नहुने र यावत समस्याहरुको समाधान नखोजिएको अवस्थामा आफूहरुले निजामती सेवा दिवस नमनाएको र कालो पट्टि बाँधेर काम गरेको उनिहरुले बताएका छन् । समस्या समाधानका लागि पालिका, प्रदेश र संघीय सरकार गम्भिर नभए देशब्यापी रुपमा आन्दोलनमा उत्रने बेनी नगरपालिकाको शिक्षा अधिकृतमा कार्यरत अर्जुन पौडेलले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...