म्याग्दीका तीन जना जनप्रतिनिधीले नेकपा एकिकृत समाजवादीमा सनाखत गरे

Gandaki Kotihome

नयाँ पार्टीमा जानबाट रोक्ने एमालेका नेताहरुको अन्तिम प्रयास बिफल

बेनी । म्याग्दीका तीन जना जनप्रतिनिधीले नवगठित नेकपा एकिकृत समाजवादी पार्टीमा सखानत गर्नुभएको छ ।

निर्बाचन आयोगले नयाँ दल दर्ता भएपछि दल रोज्न जनप्रतिनिधिहरुलाई दिएको मितिको अन्तिम दिन तीन जना कार्यपालिका सदस्यहरुले बेनी स्थित जिल्ला निर्बाचन कार्यालयमा पुगेर एकिकृत समाजवादी पार्टीमा सनाखत गर्नुभएको हो ।

Upper Myagdi transmition line notice

नेकपा एमाले छाडेर नेकपा एकिकृत समाजवादी रोज्नेहरुमा बेनी नगर कार्यपालिका सदस्य कृष्णकुमार बिश्वकर्मा, दुर्गा कार्की बानिया र धवलागिरी गाउँ कार्यपालिका सदस्य देउप्रसाद छन्त्याल रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गर्दै बेनी नगर कार्यपालिका सदस्य कृष्णकुमार बिश्वकर्मा । तस्बिर धौलागिरी खबर

कार्की बेनपा–४ सिंगाबाट वडा सदस्यमा निर्बाचित भएर कार्यपालिकामा प्रतिनिधित्व गर्नुहुन्छ । एमालेमा रहँदा जिल्ला कमिटीको सचिवालय सदस्य रहेका छन्त्याल र जिल्ला कमिटी सदस्य बिश्वकर्मा कार्यपालिका सदस्यको चुनावमा एमालेबाट निर्बाचित हुनुभएको थियो ।

जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बिश्वकर्मा, कार्की र छन्त्याल कार्यालयमा उपस्थित भएर नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका बताउनुभयो । नयाँ पार्टीमा नजान अनुरोध गर्न नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र सचिब बालकृष्ण श्रेष्ठ निर्बाचन कार्यालयमा पुग्नुभएको थियो ।

“तीनै जनाले फोन नउठाएपछि अन्तिम प्रयास स्वरुप भेटेर निर्णय सच्चाउन अनुरोध गर्न निर्बाचन कार्यालयमा आएका हौ,” श्रेष्ठ र सुबेदीले नयाँ दल रोजेका जनप्रतिनिधी र नेताहरुप्रति भावुक हुदै भन्नुभयो “पार्टी भित्रका गलत क्रियाकलापको अन्तरसंघर्ष गर्ने ठाउँ छ । बिभाजनले कम्प्युनिष्ट आन्दोलनलाई कमजोर बनाउँछ ।”

Annapurna aarohan ko notice
नेकपा एकिकृत समाजवादी पार्टीमा गएका जनप्रतिनिधीहरुसँग निर्बाचन कार्यालयमा छलफल गर्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र सचिब बालकृष्ण सुबेदी । तस्बिर धौलागिरी खबर

करिब तीस मिनेट निर्वाचन कार्यालयको बैठक कक्षमा एमालेका पदाधीकारी र नेकपा एकिकृत समाजवादी रोजेका जनप्रतिनिधी तथा नेताहरुबीच भावनात्मक शैलीमा सौहार्दपूर्ण छलफल भएको थियो । अनेरास्ववीयुका पुर्ब जिल्ला अध्यक्ष रुद्र किसान, एमालेका पुर्ब कार्यालय सचिब बमबहादुर पाइजा लगायतका नेताहरु पनि निर्बाचन कार्यालय जानुभएको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको संबिधान, पार्टीको नीति, बिधान र राष्ट्रिय हित बिपरितका क्रियाकलापका बिरुद्ध संबिधान, ब्यवस्थाको रक्षाका लागि निर्णयबाट पछि नहट्ने समाजवादी नेताहरुको जवाफ थियो ।

एमालेमा रहँदा धवलागिरी गाउँपालिकाको पार्टी कमिटिको अध्यक्षको समेत जिम्मेवारी सम्हालेका छन्त्यालले एमालेमा ब्यक्तिपार्टी प्रवृति हाबी भएको, संघीय, प्रदेश र पालिकाका जनप्रतिनिधीहरु कार्यकर्ताको भावना बिपरित वडा र टोलगत स्वार्थमा लागेको, अपारदर्शी गतिबिधीमा संलग्न भएको आरोप लगाउनुभयो ।

“एमालेमा बिचार राखेका कारण हिजो कति दुख पायौ तर हामीले रगत पसिना बगाएर बनाएको संगठनको बलमा चुनाव जितेका जनप्रतिनिधीहरु ब्यक्तिगत स्वार्थमा रमाएर सिध्याउन लागेको पार्टीमा रहनुको कुनै औचित्य छैन,” छन्त्यालले भन्नुभयो ।

प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापा, थममाया थापा, प्रदेशसभा सदस्य नरदेबी पुन, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रदेश कमिटि सदस्य नवराज शर्मा, जिल्ला उपाध्यक्ष देबेन्द्र केसी एमालेमै रहनुभएको छ ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल, मंगलाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी र मालिकाका उपाध्यक्ष खरमाया बिटालु एमालेमै रहनुभएको छ । २३ वटा वडाका अध्यक्ष र वडा सदस्यहरु एमालेमै रहेका छन् ।

नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गरेर निर्बाचन कार्यालयबाट बाहिरिने क्रममा जनप्रतिनिधीहरुसँग तस्बिर खिचाउदै नेता कार्यकर्ताहरु । तस्बिर धौलागिरी खबर
Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...