बेनीमा तरकारी अभाव

Sinchai Khanipani notice

बेनी । आयात ठप्प भएपछि म्याग्दीमा तरकारी, इन्धन र निर्माण सामग्रीको अभाव हुन थालेको छ ।

म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतलाई प्रदेश राजधानी जोड्ने मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकको पर्वत खण्डमा पहिरोले शुक्रबार देखि अवरुद्ध बनेको छ । सार्वजनिक यातायात आवत जावत बन्द हुँदा चार दिनदेखि म्याग्दीमा आयात, निर्यात ठप्प भएको छ ।

म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठले सडक अवरुद्ध हुँदा सदरमुकाम बेनी लगायत बजार क्षेत्रमा तरकारी, निर्माण र इन्धनको अभाव हुन थालेको बताउनुभयो ।

Shreekrishna hardwear in news

“१०–१५ दिनलाई पुग्न खाद्यान्न मौज्दात भएपनि दैनिक रुपमा आवश्यक पर्ने तरकारी र इन्धनको अभाव भएको छ,” उहाँले भन्नुभयो “मौज्दात सकिएको र आयात नभएकाले अभाव हुन थालेको हो ।”

म्याग्दीमा प्रत्येक दुई दिनमा एक÷एक ट्याङ्कर डिजेल, पेट्रोल, खाना पकाउने ग्याँस र प्रत्येक दिन दुई ट्रकका दरले निर्माण सामग्री आयात हुने गर्दथ्यो । म्याग्दीमा तीन वटा पेट्रोल पम्प छन् । तरकारीका तिन वटा ठूला बिक्रेता छन् ।

तरकारी बिक्रेता शिव सुबेदीले जिल्लामा न्युन उत्पादन हुने तरकारी आयात नहुँदा गोदाम रित्तिएको र अभाव भएको बताउनुभयो । बेनीमा पोखरा, चितवन, धादिङ लगायतका जिल्लाबाट दैनिक पाँच क्विटल ताजा तरकारी आयात हुन्थ्यो ।

Bhautik ministry notice about road

काउली, सिमी, भेन्टा, टमाटर, करेला, प्याज, खुर्सानी लगायतका तरकारीको अभाव भएको तरकारी ब्यापारी जगन्नाथ चापागाईले बताउनुभयो । प्याज, लसुन, खुर्सानी म्याग्दीमा बढी मात्रामा आयात हुन्छ । तरकारीका गोदाम रित्तिएका छन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क अनुसार वार्षिक १३ हजार मेट्रिक्टन तरकारी खपत हुने म्याग्दीमा हाल ११ हजार २७९ मेट्रिक्टन तरकारी उत्पादन हुने गरेको छ । म्याग्दीको लेकाली क्षेत्रमा उत्पादन भएको आलु सडक अभावका कारण पोखरा लगायतका सहरमा निकासी हुन सकेको छैन् ।

इन्धन अभावका कारण सार्वजनिक यातायात र बिकास आयोजना प्रभावित भएका छन् । म्याग्दीमा छ वटा जलबिद्युत आयोजना निर्माणाधिन छन् । चालु अवस्थामा रहेका बेनी–जोमसोम, बेनी–दरबाङ, मालढुङ्गा–बेनी सडक आयोजना पनि प्रभावित भएका छन् ।

मजदुर र उपकरण होल्ड भएर बस्दा करोडौको नोक्सान हुने निर्माण ब्यवसायीले बताएका छन् । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षत बिक्षत भएको छ ।

सडक अबरुद्ध हुँदा यहाँका अस्पतालले रिफर गरेका गम्भिर प्रकृतिका बिरामीलाई पोखरा, काठमाडौ, चितवनका अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नुपरेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले चट्टान सहितको पहिरो र भासिएर अवरुद्ध बनेको सडक मंगलबार दिउँसोसम्म खुलाउने लक्ष्य सहित काम भैरहेको बताउनुभयो ।

मोदीको पातीचौरबाट कुश्मातर्फ दुई, कुश्माबाट पातीचौर तर्फ दुई र बिचमा एक वटा स्काभेटर परिचालन गरेर सडक मर्मतको काम भइरहेको आयोजना प्रमुख मरासिनीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...