पुलाचौरमा सिवाइसीको सहकारी शिक्षा

Gandaki Pardesh notice

बेनी । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सदस्य सेवा केन्द्रको आयोजनामा बेनी नगरपालिका–५ पुलाचौरमा सहकारी शिक्षा तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

सहकारी र सिवाइसीको सेवा सुबिधा र गतिबिधीप्रति समुदायलाई जानकारी गराई सदस्यता बिस्तार तथा सहकारीको सेवामा पहुँच बढाउने उद्देश्यले कार्यक्रम गरिएको हो । सेवा केन्द्रका बरिष्ठ सहायक बद्री पौडेल र बजार प्रतिनिधी गंगा थापाले अभिमुखीकरणका साथै सिवाईसी साकोसको जानकारीमुलक ब्रोसर बितरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

वडा अध्यक्ष लक्ष्मण बानिया, सदस्य रामप्रसाद सुबेदी, जनकल्याण माबिका प्रअ कमल पौडेलको पनि उपस्थिति रहेको थियो । “हुने खानेको पैसा हुदाँ खानेमा पु¥याउने, हुदा खानेलाई हुने खाने बनाउने” मान, सोच र प्रतिवद्धता अनुसार बि.स. २०६६ मा स्थापना भएको सिवाईसीले यस वर्ष सेयर पुजी तीन अरब, सदस्य संख्या २८ हजार र १२ वटा सदस्य सेवा केन्द्र पु¥याउने योजना अघि सारेको छ ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...