बाढीले दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको पावरहाउस बगायो

Gandaki Pardesh notice

बेनी । दरखोलामा आएको बाढीले आइतबार राती म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा लघुजलबिद्युत परियोजनाको पावरहाउस (बिद्युतगृह) बगाएको छ ।

४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको नहर, बाँध र बिद्युतगृह बाढीले बगाएको हो । लुलाङ आधारभूत बिद्यालयका शिक्षक निकेश खड्काले दरखोलामा आएको बाढीले लघुजलबिद्युत परियोजनाको संरचना बगाएको जानकारी दिनुभयो ।

‘दरखोलाको बाढीले कटान गरेर लघुजलबिद्युत परियोजना बगाएको हो,’ उहाँले भन्नुभयो ‘पावर हाउस भएको ठाउँमा खोला बगेको छ ।’ उहाँका अनुसार खबाङको दोभानमा रहेको बाँध, ७२५ मिटर लामो पाइपलाइन, मरेनीको फेदी र दरखोलाको किनारमा विद्युतगृहमा बाढीले क्षति गरेको छ ।

Shreekrishna hardwear in news

परियोजना बगाएपछि लुलाङ, खोरीया, मेरनी र लमसुङका ३६५ घरधुरीमा बिद्युत आपुर्ति बन्द भएको छ । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युतबाट चल्ने उपकरणमा आधारीत साना उद्योग ठप्प भएको छ । उज्यालोका लागि टुकी र सोलारमा भर पर्नुपर्ने अवस्था आएको वडा अध्यक्ष गमप्रसाद बिकले बताउनुभयो ।

Bhautik ministry notice about road

बि.स. २०७६ कात्तिकमा एक करोड ५२ लाख रुपैयाँको लागतमा परियोजना निर्माण भएको थियो । यसअघि बि.स. २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युतगृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरिएको थियो ।

परियोजना निर्माणका लागि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले ८५ लाख रुपैयाँ र धवलागिरी गाउँपालिकाले पचास लाख रुपैयाँ लगानी गरेका थिए । प्रतिघर उपभोक्ताले दश दिनका दरले बीस लाख बराबरको श्रमदान गरेर परियोजना बनाएका थिए ।

लुलाङ म्याग्दी जिल्लामा सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको वडा हो । धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बाढीले पु¥याएको क्षतिको बिबरण संकलन र थप जोखिम अध्ययनका लागि जनप्रतिनिधी र उपभोक्ता समितिको टोली घटनास्थलतर्फ गएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...