यी हुन म्याग्दी काँग्रेसको युवा वडा सभापति

Shreekrishna hardware

बेनी । म्याग्दीका वडाहरुमा भएको नेपाली काँग्र्रेसको अधिवेशनले केही नयाँ अनुसार र युवालाई नेतृत्वमा पु¥याएको छ ।

१४ औ महाधिवेशन अन्तरगत शुक्रबार म्याग्दीका छ वटा स्थानीय तहको ४३ वटा वडामा चयन भएका कार्यसमितिका सभापति मध्य १६ जना ४५ वर्ष भन्दा कम उमेरका छन् । म्याग्दीमा काँग्रेसको वडा अधिवेशनले युवालाई राजनीतिमा आकर्षित गराउदै नेतृत्व बिकासमा सहयोग पुगेको छ ।

माओवादी केन्द्रले ४० वर्ष भन्दा कम उमेरका रेशम जुग्जालीलाई हालै जिल्ला संयोजकको जिम्मेवारी दिएको थियो । नेकपा एमालेका नेताहरुले पनि पार्टीका विभिन्न तहमा युवालाई नेतृत्वमा ल्याउन जोड गरेका छन् ।

Shreekrishna

रघुगंगा गाउँपालिकाको वडा नम्बर १ को वडा सभापतिमा निर्बाचित सुर्य गर्बुजा म्याग्दीमा काँग्रेसका सबैभन्दा कम उमेरका वडा सभापति हुनुहुन्छ । २६ वर्षिय गर्बुजा म्याग्दी काँग्रेसको हालसम्मको सबै भन्दा कम उमेरमा वडा तहको नेतृत्वमा पुग्ने ब्यक्ति भएका नेताहरुले दाबी गरेका छन् ।

Ban devision notice
रघुगंगा गाउँपालिका १ बेगको नेपाली काँग्रेसको वडा सभापतिमा निर्बाचित सुर्य गर्बुजा । तस्बिर सामाजिक सञ्जाल

अन्नपूर्णको शिखका अर्जुन चोचाङ्गी, रघुगंगाको चिमखोलाका प्रदिप पाइजा, पाखापानीका भेषकुमार शेरपुञ्जा, बेनी नगरपालिकाको घतानका सुबर्ण खत्री, सिंगाका सुमन बानिया, धवलागिरीको मुदीका योगेन्द्र घर्ति ३५ वर्ष भन्दा कम उमेरका हुनुहुन्छ ।

दानाका सुरत केसी, घारका कृष्णप्रसाद बरुवाल, मालिकाको निस्कोटका भबहादुर पुन, देबिस्थानका भकबहादुर घर्ति, धवलागिरीको मराङका योगेन्द्र गुरुङ, मल्कवाङका अमर छन्त्याल र ताकमका थमबहादुर पुन पनि ४५ वर्ष भन्दा कम उमेरका हुनुहुन्छ । वडा अधिवेशनका क्रममा कुनै पनि वडामा महिला नेतृत्वमा आएनन् ।

बेगको वडा सभापतिमा निर्बाचित गर्बुजाले राजनीतिलाई बिधिमा चलाउन आफु अघि बढेको प्रतिक्रिया दिनुभयो । “८ वर्षदेखि तरुण दलको राजनीतिमा थिए । काठमाडौमा स्नातक तहसम्मको अध्ययन गरेर गाउँ फर्किएपछि सामाजिक गतिबिधीको नेतृत्व गर्ने अवसर पाए,” उहाँले भन्नुभयो “बिकास निर्माण र सामाजिक काममा अन्य साथिहरुबाट पाएको सहयोग र सुझाव अनुसार पार्टीको नेतृत्व लिएको हो । राजनीतिसँगै पढाईलाई पनि स्नाकोत्तर तहसम्म पु¥याउने सोचमा छु ।”

म्याग्दीका ४५ वटा मध्य ४१ वडामा सर्बसम्मत र २ वटामा मतदान प्रक्रियाबाट पदाधीकारी, कार्यसमिति सदस्य र प्रतिनिधीय चयन भएका हो । नेपाली काँग्रेस म्याग्दीका प्रबत्ता अजयमिलन श्रेष्ठले क्रियाशिल सदस्यता नबिकरण गरेकाको नामावली अन्नपुर्ण गाउँपालिका–१ दोबा र ८ राम्चेको अधिवेशन रोकिएको बताउनुभयो । दोबा र राम्चेको अधिवेशन पनि भदौ २३ गतेभित्रनै गर्न सदस्यता नबिकरणका लागि केन्दिय समितिमा पहल गरेको उहाँले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...