बेनी–जोमसोम सडकको क्षेत्राधिकारमा पर्ने संरचनाको क्षतिपूर्ति बितरण शुरु

Gandaki Kotihome

बेनी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर अन्तरगत बेनी–जोमसोम सडकको क्षेत्राधिकारमा पर्ने संरचनाको क्षतिपुर्ति बितरण शुरु भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको गलेश्वर देखि मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दुरीको सडकको क्षेत्राधिकारमा पर्ने १७८ वटा घर÷गोठ र ठहराहरुको करिब रु. आठ करोड क्षतिपुर्ति बितरण गर्न थालेको हो ।

आयोजनाको कार्यालयका प्रशासन प्रमुख नारायण पौडेलले ११ मिटर फराकिलो हुने स्तरोन्नतिको क्रममा रहेको सडकको क्षेत्राधिकारमा पर्ने स्थायी र अस्थायी संरचना पहिचान, नापजाँच र मूल्याङ्कन सकेर क्षतिपुर्ति बितरण शुरु गरेको बताउनुभयो ।

Upper Myagdi transmition line notice

“मुस्ताङको जोमसोम स्थित कार्यालय र म्याग्दीको गलेश्वरममा रहेको सम्पर्क कार्यालयमा संरचनाको धनीहरुबाट निवेदन संकलन गर्ने ब्यवस्था मिलाएका छौ,” उहाँले भन्नुभयो “सबै संरचनाको क्षतिपुर्ति दिन रु. आठ करोड बजेट मा गरिएकोमा पहिलो चरणमा रु. तीन करोड आइसकेको छ ।”

म्याग्दी र मुस्ताङका लागि रु. एक करोड पचास लाखका दरले प्राप्त भएको बजेट बितरण गरेपछि दोस्रो चरणमा थप बजेट मागिने पौडेलले बताउनुभयो । म्याग्दीमा ८० र मुस्ताङका ९८ वटा घर, टहरा र गोठ हटाउन सम्बन्धित धनीलाई क्षतिपुर्ति उपलब्ध गराउन लागिएको आयोजनाका इञ्जिनियर आशिष मानन्धरले बताउनुभयो ।

बेनी—जोमसोम सडकको क्षेत्राधिकारभित्र पर्ने अस्थायी र स्थायी संरचना पहिचान गर्न सघन सहरी बिकास तथा भवन डिभिजन कार्यालय बागलुङका ईञ्जिनियरको नेतृत्वमा प्राबिधिक टोलीले नापजाँच गरि क्षतिपुर्तिका लागि सिफारिस गरेको थियो । नापजाँच गरेको दुई वर्ष छ महिनापछि क्षतिपुर्ति उपलब्ध गराउन थालिएको हो ।

Annapurna aarohan ko notice

संरचनाको क्षतिपूर्ति उपलब्ध गराउन बि.स. २०७५ सालमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आयोजना, मालपोत र नापी कार्यालयको प्रतिनिधी रहेको दुई जिल्लाको फरक– फरक क्षतिपूर्ति निर्धारण समिति गठन भएको थियो । पछिल्लो ब्यवस्था अनुसार सम्बन्धित आयोजना कार्यालय मार्फत सम्बन्धित संरचनाका धनीको बैंक खातामा रकम भुक्तानी गर्ने ब्यवस्था मिलाइएको छ ।

चिनको सिमाना कोरला नाका जोड्ने सडकलाई दुई लेनको बनाउन बि.स. २०७४ मा शुरु भएको आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । बेनी–जोमसोमको ६५ प्रतिशत र ११० किलोमिटर दुरिको जोमसोम–कोरला सडकको ९० प्रतिशत प्रगति भएको आयोजनाका इञ्जिनियर आश्विनिकुमार यादवले बताउनुभयो । जोमसोम— कोरला ७ वटा मध्य चार वटा प्याकेज निर्माण सकिएको छ ।

बस्ती भएका ठाउँमा सडक निर्माणको काम भएको छैन् । क्षतिपुर्ति बितरण गरेपछि सडक बिस्तार र निर्माणको काम गर्ने आयोजनाको तयारी छ ।

सडकको क्षेत्राधिकारमा पर्ने म्याग्दीका जग्गाधनीहरुको बिबरण ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...