रेडक्रसद्धारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

Shreekrishna hardware

बेनी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । रेडक्रस स्थापना दिबसको अवसर पारेर पत्रकार महासंघ म्याग्दी शाखा मार्फत दुई हजार थान सर्जिकल मास्क र ४० बोत्तल स्यानीटाइजर उपलब्ध गराएको हो ।

रेडक्रसका शाखा सभापति लेखबहादुर हमाल, कोषाध्यक्ष नवराज पौडेल, उपमन्त्री सुरत केसी, सदस्य बिष्णु रोका, रामप्रसाद पौडेल, यामबहादुर बानिया, कार्यालय प्रमुख धनञ्जयकुमार श्रेष्ठले महासंघका शाखा अध्यक्ष प्रकाश पौडेल, सचिब सन्तोष गौतम र सदस्य सन्दिप शर्मालाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

कोरोनाको जोखिमका बिच सञ्चारकर्ममा खटिएका पत्रकार तथा सञ्चारकर्मीहरुलाई सुरक्षित बनाउन सहयोग पुगोस भन्ने उद्देश्यले सामग्री उपलब्ध गराएको उहाँले शाखा सभापति लेखबहादुर हमालले बताउनुभयो ।

Shreekrishna

पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष पौडेलले महासंघले विभिन्न दाता र प्रदेश समितिबाट प्राप्त भएको स्वास्थ्य सुरक्षाका सामग्री आवश्यक पर्ने पत्रकारहरुलाई कार्यालयबाट उपलब्ध गराइदै आएको बताउनुभयो ।

Ban devision notice

रेडक्रस म्याग्दी शाखाले बिपद् ब्यवस्थापन, बेनीमा रक्तसञ्चार गृह र दरबाङमा आँखा उपचार केन्द्र, तीन वटा एम्बुलेन्स सञ्चालनका साथै रघुगंगा गाउँपालिकाको बेग, दग्नाम र चिमखोलामा आइरिस रेडक्रसको सहयोगमा एक हजार जनालाई विभिन्न सिपमुलक तालिम प्रदान गरिएको जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी म्याग्दीको बिपद् ब्यवस्थापनका सामग्री भण्डारण गरिएको गोदाम । तस्बिर धौलागिरी खबर

कोरोना नियन्त्रणका लागि बिद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय, उपशाखाहरुलाई स्वास्थ्य सामग्री बितरण गरेको रेडक्रस म्याग्दीले बैशाख यता कोरोनाका कारण ज्यान गुमाएका ३२ जनाको शब स्वमसेवक खटाएर निशूल्क ब्यवस्थापन गरेको छ ।

म्याग्दीलाई रगत परिक्षण शूल्क निशूल्क जिल्ला बनाउन रघुगंगा गाउँपालिकाले रु. एक लाख र जिससले रु. एक लाख उपलब्ध गराएका छन् । रघुगंगाका नागरिकको निशूल्क रगत परिक्षण गर्ने सुबिधा उपलब्ध गराएको छ । रेडक्रसले दरबाङमा सञ्चालन गरेको आँखा उपचार केन्द्र भने ब्ययभार थेग्न नसकेपछि बन्द गर्नुपर्ने अवस्था आएको सभापति हमालले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...