म्याग्दीमा नेपाली काँग्रेसको वडा अधिवेशन, ४१ वटामा सर्बसम्मत, दुई वटामा मतदान, दोबा र राम्चेमा स्थगित

Gandaki Pardesh notice

बेनी, म्याग्दीको ४३ वटा वडामा नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन भएको छ ।


छ वटा स्थानीय तहका ४५ वटा मध्य ४१ वडामा सर्बसम्मत र २ वटामा मतदान प्रक्रियाबाट पदाधीकारी, कार्यसमिति सदस्य र प्रतिनिधीय चयन भएका हुन् । नेपाली काँग्रेस म्याग्दीका प्रबत्ता अजयमिलन श्रेष्ठले मतदान प्रक्रियाबाट बेनी नगरपालिका–५ पुलाचौरमा यामबहादुर बानिया र अन्नपूर्ण गाउँपालिका–६ घारमा कृष्णप्रसाद बरुवाल वडा सभापतिमा निर्बाचित भएका जानकारी दिनुभयो ।


“क्रियाशिल सदस्यता नबिकरण गरेकाको नामावली अन्नपुर्ण गाउँपालिका–१ दोबा र ८ राम्चेको अधिवेशन रोकिएको छ,” उहाँले भन्नुभयो “४० वडाको सबै बिबरण आएको छ । दोबा र राम्चेको अधिवेशन पनि भदौ २३ गतेभित्रनै गर्न सदस्यता नबिकरणका लागि केन्दिय समितिमा पहल गरेका छौ ।”

Shreekrishna hardwear in news


सात वडा रहेको धवलागिरी गाउँपालिकाको गुर्जामा केआईसिंह छन्त्याल, लुलाङमा ज्ञानबहादुर पाइजा, मुनामा जंगबहादुर भण्डारी, मुदीमा योगेन्द्र घर्ति, मल्कवाङमा अमर छन्त्याल, मराङमा योगेन्द्र गुरुङ र ताकममा थमबहादुर पुन वडा इकाई सभापतिमा चयन हुनुभएको काँग्रेसको पालिका सभापति प्रेम पुनले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road


प्रदेशसभा क्षेत्र (ख) म्याग्दीका उपसभापति मेक पुनका अनुसार मंगलाका पाँच वटा वडामा पनि सर्बसम्मत कार्यसमिति चयन भएको छ । कुहूँमा रामबहादुर खत्री, बाबियाचौरमा श्रीभद्र शर्मा, बरंजाको ३ मा टेकबहादुर छन्त्याल, ४ मा लालबहादुर रोका र अर्मनमा तुलसीराम कडेल सभापतिमा चयन हुनुभएको छ ।


मालिकाको निस्कोटमा भबहादुर पुन, रुममा चन्द्रबहादुर पुन, डाडागाउँमा हरिप्रकाश पुन, ओखरबोटमा तमबहादुर पुन, देबिस्थानमा भकबहादुर घर्ति, दरबाङमा गोपाल गौतम र बिममा टुकमान गर्बुजा वडा सभापति चयन हुनुभएको छ ।


८ वडा वडा रहेको रघुगंगा गाउँपालिकाको बेगमा सुर्य गर्बुजा, भगवतिमा राजकुमार भण्डारी, पिप्लेमा अशोककुमार शाही, दग्नाममा कृष्ण गर्बुजा र चिमखोलामा प्रदिप पाइजा वडा सभापति चयन हुनुभएको छ । झिँ, पाखापानीमा, र कुइनेमंगलेमा सहमतिमा नेतृत्व चयन गर्ने पहिलेको सहमति भएपनि बिद्युत र सञ्चार सेवा अवरुद्ध भएकाले बिबरण प्राप्त नभएको प्रबत्ता श्रेष्ठले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–तातोपानीमा रेखिराम पुर्जा, दानामा सुरत केसी, नारच्याङमा समप्रसाद पुर्जा, शिखमा अर्जुन चोचाङ्गी, घारमा कृष्णप्रसाद बरुवाल, हिस्तानमा खुमबहादुर पुर्जा वडा सभापतिमा चयन हुनुभएको छ ।


बेनी नगरपालिकाको रत्नेचौरमा कोमल थापा, ज्यामरुककोतमा यामबहादुर कार्की, भकिम्लीमा जसबहादुर पुन, सिंगामा सुमन बानिया, अर्थुङ्गेमा जिवन पौडेल, बेनी ७ मा रमेशकुमार श्रेष्ठ, ८ मा हिमबहादुर भण्डारी, घतानमा सुबर्ण खत्री र पात्लेखेतमा शिबबहादुर शाही सभापति चयन हुनुभएको छ ।
नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले आन्तरिक एकतालाई बलियो बनाउन छलफल र सहमति गरेर वडा तहमा सर्वसम्मत नेतृत्व चयन भएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...