म्याग्दीका वडामा सहमतिमै नेतृत्व चयन गर्ने काँग्रेस नेताहरुको कसरत

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिबेशन अन्तरगत म्याग्दीमा शुक्रबार हुने वडा अधिवेशनको तयारी पुरा भएको छ ।

वडा अधिवेशनबाट कार्यसमितिको नेतृत्व, पालिका, प्रदेश निर्बाचन क्षेत्र र जिल्ला अधिवेशनका प्रतिनिधि छनौटका लागि बिहिबार ४५ जना मतदान अधिकृत सम्बन्धित वडामा पुगेर तयारी गरेका हुन् ।

भवितव्य नभए सबै वडामा अधिवेशन सम्पन्न हुने जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बीर) ले जानकारी दिनुभयो । ‘सबै वडामा तयारी पुरा गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘सबै वडामा सहमतीमा कार्यसमिति चयन हुने विश्वास लागेको छ ।’

Shreekrishna hardwear in news

काँग्रेसले वडा अधिवेशनको निर्वाचनका लागि नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरुलाई परिचालन गरेको छ । आगामी असोज पहिलो साताभित्र काँग्रेसले सबै तहमा नयाँ नेतृत्व पाउने भएकाले नेता कार्यकर्ता सक्रिय भएका छन् ।

पालिका, क्षेत्र र जिल्लाको नेतृत्व संगै महाधिवेशन प्रतिनिधि छनौटमा वडाबाट चुनिएर आउने प्रतिनिधिहरु नै निर्णायक हुने भएकाले काँग्रेसमा वडा अधिवेशनलाई निकै चासोका साथ लिईएको छ ।

यसका लागि सबै नेताहरु आफ्नो वडामा पुगेका छन् । जिल्ला बाहिर रहेका पार्टीका नेताहरु समेत वडा अधिवेशनको लागि गाउँ फर्किएपछि चलहपहल बढेको छ ।

१० वटा वडा रहेको बेनी नगरपालिकाको घतानमा केही सकस भएतापनी अन्य सबै वडामा सहमतीमा नेतृत्व टुङ्ग्गो लाग्ने नगर सभापती अनोद श्रेष्ठले जानकारी दिनुभयो ।

७ वटा वडा रहेको मालिका गाउँपालिका अध्यक्ष रहेका नेपाली काँग्रेस म्याग्दीका नेता श्रीप्रसाद रोकाका अनुसार मालिका गाउँपालिका सबै वडामा सहमतीमा नेतृत्व चयन गरिने भएको छ । उहाँका अनुसार सबै वडामा छलफल भएको छ । कतीपय वडामा नेतृत्व चयनका लागि सहमती भएको र घोषणा गर्न मात्र बाँकी रहेको छ ।

Bhautik ministry notice about road

‘हामीले सबै वडामा सहमतीमा नै नेतृत्व चयन गर्नेछौँ, यस पटक सबैलाई पद पुग्छ किन? चुनाव गर्ने ?’ उहाँले भन्नुभयो, ‘केही वडामा नेतृत्व टुङ्याईसकेका छौँ, केही वडामा छलफल भएको छ भोली सम्ममा टुङ्गो लाग्छ ।’
त्यस्तै ७ वटा वडा रहेको धवलागिरी गाउँपालिकाले पनी सबै वडामा नयाँ नेतृत्व चयन सहमतीमा नै गर्नें भएको छ । गाउँपालिका सभापती प्रेम पुनले सबै वडामा प्रतिनिधी र वडाको नेतृत्वको लागि सहमति गरिने बताउनुभयो । ‘करिब सबै वडामा सहमती भैसकेको छ, अब केही पदका सहमती हुन बाँकी छ त्यो अधिवेशन सुरु हुन अघि नै समाधान हुन्छ,’ पुनको भनाई छ ।

८ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिका वडा न ६ घारमा वडा सभापतीको आंकाक्षी ३ जना देखिएकाले समहमतीमा सकस हुने देखिएको छ । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाका सचिव सुजन बरुवालले सहमतीमा नेतृत्व चयन गर्न छलफल भइरहेको बताउनुभयो ।

८ वटा वडा रहेको रघुगंगा गाउँपालिकामा पनी सहमतीमा नेतृत्व चयन गरिने गाउँपालिका सभापती जिबनकुमार मल्ले जानकारी दिनुभयो । उहाँले नेतृत्वका लागि सबै वडामा छलफल भएको र सहमतीमा चयन हुने बताउनुभयो ।

५ वटा वडा रहेको मंगला गाउँपालिकामा पनी सबै वडामा सहमतिमा नेतृत्व चयन हुने प्रदेश निर्वाचन क्षेत्र (ख) का सचिव श्रीराम पौडेलले जानकारी दिनुभयो । उहाँले सबै वडाको नेतृत्वका लागि तयारी सकिएको र शुक्रबार घोषणा हुने बताउनुभयो ।

छ बर्षपछि काँग्रेसको अधिवेशन हुन लागेको हो । काँग्रेसको वडा अधिवेशनमा कुल २ हजार ८ सय ३९ जनाले भाग लिन पाउने छन् । प्रदेश निर्वाचन क्षेत्र क मा ८१० जना नविकरण र एक हजार १४ नयाँ गरि एक हजार ८ सय २४ क्रियाशिल सदस्य रहेको प्रवक्ता अजय मिलन श्रेष्ठले जानकारी दिनुभयो ।

अन्नपूर्णमा १४३ नविकरण, २१५ नयाँ गरि ३५८ जना, रघगंगामा १५६ नविकरण, २६५ नयाँ गरि ४२१ जना र बेनी नगरपालिकामा ५११ नविकरण, ५४३ नयाँ गरि एक हजार ५४ जना क्रियाशिल सदस्य रहेका छन् ।

प्रदेश निर्वाचन क्षेत्र (ख) मा २७४ नविकरण, ७४१ नयाँ गरि एक हजार १५ जना क्रियाशिल सदस्य छन् । धवलागिरीमा ७१ नविकरण, २०८ नयाँ गरि २८९ जना, मालिकामा ७५ नविकरण, २०२ नयाँ गरि २७७ जना र मंगलामा १२८ नविकरण ३३१ नयाँ गरि ४५९ जना क्रियाशिल सदस्य रहेको छन् । म्याग्दी काँग्रेसमा पुराना नविकरण भएका १ हजार ८४ जना र नयाँ थप भएका १ हजार ७५५ जना क्रियाशिल सदस्यहरुले मात्रै वडामा उम्मेदवार र नेतृत्व चयनमा मताधिकार पाउनेछन् ।

काँग्रेसमा नयाँ संरचनामा पहिलो पटक हुन लागेको महाधिवेशनमा वडा, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला समितिमा समेत अधिकांश पद प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्था गरिएको छ । तीनै तहमा सभापति एक जना, उप–सभापति, सचिब र सह–सचिब दुई÷दुई जना प्रत्येक्ष निर्वाचित हुने र निर्वाचित सदस्य मध्येबाट कोषाध्यक्ष मनोनित गर्ने गरि पदाधिकारीको छनौट गर्ने नयाँ प्रावधान राखिएको छ ।

वडा अधिवेशनले वडाका ८ जना पदाधिकारी र सदस्य समेत गरि २३ जनाको कार्यसमिति चयन गर्नेछ । यसमा वडा सभापतिले २० प्रतिशत सम्म सदस्य मनोनित गर्न पाउने व्यवस्था छ । त्यसैगरि वडाबाट पालिका, प्रदेश निर्वाचन र जिल्ला अधिवेशन प्रतिनिधिको रुपमा १५ जना र सभापती समेत गरि १६ जनालाई प्रतिनिधिको रुपमा छनौट हुनेछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...