म्याग्दीका एमाले नेताहरु बिभाजनको बिपक्षमा

Gandaki Pardesh notice

बेनी । म्याग्दीका अधिकांश एमालेका नेता कार्यकर्ता पार्टी बिभाजनको बिपक्षमा देखिएका छन् ।

तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा नवगठित एकीकृत समाजवादी पार्टी रोज्ने एमाले नेता र जनप्रतिनिधीको संख्या न्युन देखिएको छ । प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका नेता र जनप्रतिनिधीहरु पार्टी बिभाजनको बिपक्षमा उभिएका हुन् ।
बिभाजनले कम्युनिष्ट आन्दोलन कमजोर हुने भन्दै उनिहरु मुल पार्टी एमालेमै रहेर गलत प्रवृतिको बिरुद्ध लड्ने बताएका छन् । प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापा, थममाया थापा, प्रदेशसभा सदस्य नरदेबी पुन, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रदेश कमिटि सदस्य नवराज शर्मा, जिल्ला उपाध्यक्ष देबेन्द्र केसी एमालेमै रहनुभएको छ ।

संसद बिघटनको बिपक्षमा माधव नेपाल समूहमा रहनुभएका जिल्ला कमिटि सचिब बालकृष्ण सुबेदी र सचिवालय सदस्य राजकुमार थापा मंगलबार भएको जिल्ला कमिटि बैठकमा सहभागी हुनुभएको छ ।

Shreekrishna hardwear in news
नेकपा एमाले म्याग्दीको भदौ १५ गते बसेको जिल्ला कमिटि बैठकमा सहभागिहरु । तस्बिर सामाजिक सञ्जाल

एकिकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल निकट मानिने प्रदेश कमिटि सदस्य मुना बानिया अहिलेसम्म दुबै पार्टीमा खुल्नुभएको छैन् । एमालेका जिल्ला कमिटिको सचिवालय सदस्य देउप्रसाद छन्त्याल र जिल्ला सदस्य तथा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य कृष्णकुमार बिश्वकर्मा एकिकृत समाजवादी पार्टी गठनको गृहकार्यमा जुट्नुभएको छ ।

Bhautik ministry notice about road

छन्त्याल धवलागिरी गाउँपालिका र बिश्वकर्मा बेनी नगरपालिकाको कार्यपालिका सदस्य हुनुहुन्छ । जिल्ला समन्वय समितिका प्रमुख समेत रहुनभएका एमाले म्याग्दीका उपाध्यक्ष देबेन्द्र केसीले छन्त्याल र विश्वकर्मा लगायत तटस्थ बसेका नेताहरुसँग पनि सकारात्मक हिसाबले छलफल चलेको बताउनुभयो ।

जिल्ला कमिटि सदस्य हेमराज शर्मा, नारायण अधिकारी, जगबहादुर किसान, युवा नेता अनुप गौचन, म्याग्दी–काठमाडौ सम्पर्क कमिटिका अध्यक्ष गोबिन्द सुबेदी लगायतका नेताहरु एमाले बिभाजन नहुँदासम्म नेपाल समूहमा देखिनुभएको थियो ।

“बिगतमा माधव समूहमा रहनुभएका र अहिले तटस्थ बस्नुभएका साथिहरुसँग सकारात्म ढंगले छलफल चलेको छ,” उपाध्यक्ष केसीले भन्नुभयो “बिभाजनको बिगतको तितो अनुभव सगालेका साथीहरु मुल पार्टीमै रहेर गलत क्रियाकलापका बिरुद्ध लड्नुहुनेछ भन्ने बिश्वास छ ।”

विभिन्न स्थानीय तहमा एमालेबाट जितेका जनप्रतिनिधि एमालेमै रहने भएका छन् । धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल, मंगलाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी र मालिकाका उपाध्यक्ष खरमाया बिटालु एमालेमै रहनुभएको छ । २३ वटा वडाका अध्यक्ष, दुई जना बाहेक कार्यपालिका सदस्य र वडा सदस्यहरु नयाँ पार्टीमा हालसम्म खुलेका छैनन् । २०५६ मा एमाले बिभाजन हुँदा अधिकांश नेताहरु मालेमा लागेका थिए ।

निर्वाचन आयोगले एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको छ । ५७ सदस्यीय एमाले म्याग्दीको जिल्ला संगठन कमिटिमा १८ सदस्यीय सचिवालय छ । ५ जना सदस्य बिदेशमा रहेका उपाध्यक्ष केसीले बताउनुभयो । नेपाल समूहमा देखिएका नेताहरुलाई सकेसम्म एकिकृत समाजवादीमा जान नदिने रणनीतिमा म्याग्दीमा एमाले नेताहरु सक्रियताका साथ भेटघाट र छलफलमा जुटेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...