म्याग्दीका खोमराजले जिते ‘वर्ड बलाइन्ड आइडल’को उपाधी

Sinchai Khanipani notice

बेनी । दृष्टिबिहिनहरुको क्षेत्रमा काम गर्दै आएको पोल्याडको चान्स फर दर ब्लाइन्ड फाउण्डेशनले आयोजना गरेको प्रतियोगितामा म्याग्दीका खोमराज शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ बन्नुभएको छ ।

बेनी नगरपालिका–५ डडुवा घर भई पोखरामा बसोबास गर्दै आउनुभएका दृष्टिविहिन शर्मा २६ देशका प्रतिस्पर्धीहरुलाई अनलाइन भोटिङको माध्यमबाट पछाडी पारेर आइडल बन्नुभएको हो ।

विश्वका दृष्टिविहिनबीच हुने यो प्रतिष्पधामा नेपालबाट नेपाल नेत्रहीन संघका उपाध्यक्ष समेत रहनुभएका शर्माले आवेदन मार्फत मनोनयनको छनौटमा पर्नुभएको थियो । इमेलबाट अनलाइन भोटका आधारमा सर्वाधिक भोट पाएर आफु आइडल घोषीत भएको बुधवार आयोजक संस्थाको तर्फबाट फोन मार्फत जानकारी प्राप्त भएको शर्माले बताउनुभयो ।

Shreekrishna hardwear in news

सेप्टेम्बर १० तारिखका दिन पोल्याण्डमा आयोजना हुने विशेष समारोहमा आइडलको उपाधी र पुरस्कार प्रदान गरिने जनाइएको छ । कोरोना महामारीको कारण शर्मालाई अनलाइन मार्फत आइडलको पुरस्कार प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।

Bhautik ministry notice about road

प्रतियोगितामा अमेरिका, कुवेत, इटली, इजिप्ट, पोल्याण्ड, ब्राजिल, केन्या, साउदी अरेबिया, नेदरल्याण्ड लगायतका देशका २६ जना नोमिनेशनमा छनौट भएर प्रतिस्पर्धा गरेका थिए । आइडलका प्रतिस्पर्धीहरुमा अनलाइनमा इमेल मार्फत भएको भोटमा शर्माले ८ हजार २७१ भोट प्राप्त गर्नुभएको थियो ।

राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशको अध्यक्षसमेत रहनुभएका शर्माले आफुलाई बिजयी गराउन इमेल मार्फत भोड गर्ने सबैलाई आभार प्रकट गर्दै उपाधीले दृष्टिविहिनहरुको क्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रेरणा र हौसला प्रदान गरेको बताउनुभयो ।

दृष्टिबिहीन भएतापनि विगत २०५६ सालदेखि नेपाल नेत्रहीन संघका बाग्लुङ, इलाम र कास्की शाखाहरू र केन्द्रको विभिन्न जिम्मेवारीमा रहेर नेपाली दृष्टिबिहीन व्यक्तिहरूको शिक्षा, प्रविधिमा पहुँच, रोजगार र सशक्तिकरणका लागि शर्माले काम गर्दै आउनुभएको छ ।

शर्माले कास्की नेत्रहीन संघ मार्फत पोखरामा नेपालकै पहिलो अडियो पुस्तकालय स्थापना, पोखरामा दृष्टिविहिनहरुका लागि सुचना प्रविधि तालिम, नेत्रहनि संघद्धारा अगाडी बढाईएका विभिन्न अभियानहरुमा नेतृत्वदायि भुमिकामा क्रियाशिल हुँदै आउनुभएको छ । शर्मा हाल अपांग महासंघ गण्डकी प्रदेशको अध्यक्ष र नेपाल नेत्रहीन संघको उपाध्यक्ष समेत हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...