माओवादी केन्द्र म्याग्दीको संयोजकमा जुग्जाली

Gandaki Pardesh notice

बेनी । नेकपा माओवादी जिल्ला कमिटि म्याग्दीको संयोजकमा युवा नेता रेशम जुग्जाली चयन हुनुभएको छ ।

माओवादी केन्द्रको मंगलबार पोखरामा बसेको प्रदेश कमिटि बैठकले ११ वटै जिल्लाका संयोजक र जनबर्गिय संगठनका नेतृत्व चयन गरेको हो । म्याग्दीको संयोजकमा चयन हुनुभएका जुग्जाली यसअघि जिल्ला संगठन कमिटिको सचिवालय सदस्य हुनुहुन्थ्यो ।

माओवादीको केन्द्रिय कमिटि बैठकले जिल्ला अध्यक्ष गोबिन्द पौडेललाई इञ्चार्जमा बढुवा गरेको थियो । पौडेलको ठाउँमा जुग्जाली चयन हुनुभएको हो । जिल्ला संयोजक चयन हुनुभएका नेता जुग्जाली मालिका गाउँपालिका–७ बिमका वडा अध्यक्ष हुनुहुन्छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

स्पष्ट बत्ता, मिजासीलो स्वभाव, साधारण जिवनशैली, सक्रिय सामाजिक ब्यक्तित्व, बिकासप्रेमी, बैचारिक, सफल जनप्रतिनिधी र प्रतिकुल परिस्थितिलाई अनुकुलतामा रुपान्तरण गर्न सक्ने साहासी नेताको पहिचान बनाएका जुग्जाली जनयुद्धका सहिद जितबहादुर जुग्जालीका भाई हुनुहुन्छ । अन्तरपार्टी, अन्तर समुदाय र जिल्लाब्यापी जनसम्बन्ध बिस्तार गर्न सफल जुग्जालीलाई म्याग्दीका सम्भावना बोकेका नेताको रुपमा हेरिएको छ ।

बिद्यार्थी कालदेखिनै माओवादी जनयुद्धमा सहभागी नेता जुग्जाली माओवादीको विभिन्न तहमा रहेर जिम्मेवारी पुरा गर्नुभएको छ । जुग्जालीले आफूले पाएको अवसरलाई माओवादीको शक्तिलाई जिल्लामा पहिलो बनाउन उपयोग गर्ने बताउनुभयो ।

“जिल्लाका अग्रज नेताको अनुभव र युवाको साथमा माओवादी आन्दोलनले उठाएका बर्ग र समुदायलाई बैचारिक हिसाबले सचेत बनाउनुपर्ने चुनौति छ,” उहाँले भन्नुभयो “अब म्याग्दीमा माओवादीमा नयाँ लहर आउँछ । संगठन र बिचारले पार्टीलाई शक्तिशाली बनाउने हो ।”

माओवादीले युवा पुस्ताका र जनजाती समुदायका नेतालाई नेतृत्वमा अघि सारेपछि म्याग्दीको राजनीतिमा तरंग ल्याएको छ । यसैगरी प्रदेश कमिटि सदस्य टेकबहादुर बिश्वकर्मा दलित मुक्ति मोर्चाको प्रदेश इञ्चार्ज र युवा नेता नगेन्द्र केसी, पुनम खड्का वाइसीयलको राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा चयन हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...