बेनीको बिशेष नगरसभा र बार्षिक समिक्षा

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीको बेनी नगरपालिकाको मंगलबार सम्पन्न बिशेष नगरसभाले “स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक– २०७८” पारित गरेको छ ।

बिधेयक पारित भएपछि साबिकका नगर र अन्य स्थानीय निकायबाट सरुवा भई बेनी नगरपालिकामा पदस्थापन भएका कर्मचारीहरुको तह समायोजन गर्ने बाटो खुलेको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा (६) को उपदफा (४) लाई आधार मानि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा (१०२) को उपदफा (१) बमोजिम स्थानीय सेवाका कर्मचारी समायोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदीले बताउनुभयो । राजपत्रमा सूचना प्रकाशन गरेपछि पारित भएकै मितिदेखि तह समायोजन हुने भएको छ ।

Shreekrishna

कम्तीमा ५ बर्ष स्थायी रुपमा कार्यरत र न्युनतम शैक्षिक योग्यता पुगेका कर्मचारीहरुको एक तह बढाएर समायोजन गरिएको छ । न्युनतम शैक्षिक योग्यता नपुगेका कर्मचारीहरुको साबिकको तहमा दुई ग्रेड थप भएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा सुसासन समितिका संयोजक हिराबहादुर थापाले बिधेयक छलफलका लागि प्रस्तुत गर्नुभएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

सभामा गत आर्थिक वर्ष २०७७÷७८ मा भएका योजना तथा कार्यक्रम र बजेट कार्यान्वयनको बिषयमा समिक्षा गरिएको थियो । पँुजिगत शिर्षकमा रु. २२ करोड ७५ लाख १७ हजार ८१२ सहित कुल रु. ६८ करोड ६८ लाख २६ हजार १२१ बजेट बिनियोजन भएकोमा पँुजिगतको रु. १८ करोड २५ लाख ४३३ सहित कुल रु. ५६ करोड २६ लाख २४ हजार १०४ खर्च भएको छ ।

कुल रु. चार करोड तीन लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएकोमा रु. कुल तीन करोड ४१ लाख ६२ हजार ८८३ भएको नगर उपप्रमुख सञ्जु बरुवालले बताउनुभयो । तीन वटा कार्यालय भवन, २० वटा सामुदायिक भवन, तीन दशमलब ४९ किलोमिटर पदमार्ग, तीन दशमलब शून्य ५ किलोमिटर पक्कि नालि निर्माण र १८ दशमलब ६ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति भएको छ ।

१० वटा मठमन्दिर, ७ वटा बिद्यालय भवन, ७ वटा घेराबार, १२ वटा शौचालय, ७३० मिटर सडक ढलान, एक दशमलब १५ किलोमिटर सडक कालोपत्रे, दुई दशमलब १ किलोमिटर सडक ग्राभेल, सोलीङ र पाँच दशमलब २० किलोमिटर सडकको नयाँ मार्ग खोलिएको छ ।

एक हजार २६० वटा ब्यक्तिगत घटना दर्ता, पहिरोले क्षति पुगेका ४६ वटा घर पुननिर्माणका लागि सम्झौता भएको, ४०९ वटा निर्माण भएको, न्यायिक समितिमा अघिल्लो बर्षबाट जिम्मेवारी सरेर आएका ४ वटा सहित १७ वटा मुद्दाको फस्यौट गरेको र २ वटा बाँकी रहेको छ ।

३४ हेक्टर जमिनमा सिचाई सुबिधा बिस्तार गरिएको, १२ वटा खेलमैदान स्तरोन्नति भएको, १५० घरमा एक घर एक धारा बनाएको र १५० मिटर ढल निर्माण भएको योजना अधिकृत प्रकाश सुबेदीले जानकारी दिनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...