हिरासतको पुस्तकालयका लागि पुस्तक सहयोग

Gandaki Pardesh notice

बेनी । म्याग्दी सामुदायिक पुस्तकालयले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा स्थापना भएको पुस्तकालयलाई मंगलबार पुस्तक उपलब्ध गराएको छ ।

१४ औ पुस्तकालय दिवसको अवसरमा म्याग्दी पुस्तकालयका अध्यक्ष सन्तोष रावलले प्रजिअ गणेशबहादुर अधिकारी मार्फत प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङलाई बिभिन्न बिधाका ३० थान पुस्तक र मास्क हस्तान्तरण गर्नुभयो । हिरासतमा रहने ब्यक्तिहरुको ज्ञान बढाउने र सिर्जनशिल माध्यमबाट समय बिताउन सहयोग पुगोस भनेर म्याग्देली युवा आवाजले हालै पुस्तकालय स्थापना गरेको थियो ।

Bhautik ministry notice about road

सो कार्यक्रममा प्रजिअ अधिकारी, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदी, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले पुस्तकालयलाई प्रबिधिमैत्री बनाउन सुझाव दिनुभयो । बि.स. २०२७ मा स्थापना भएको म्याग्दी पुस्तकालय जिल्लाको एकमात्र सुबिधासम्पन्न सामुदायिक पुस्तकालय हो ।

Shreekrishna hardwear in news

बिभिन्न बिधाका दश हजार पुस्तक सहित बाल, संगित र खेलकक्ष रहेको पुस्तकालयमा यस वर्षदेखि रिड संस्थाको सहयोगमा बैदेशिक रोजगारीमा जान लागेका र फर्किएकाहरुको समस्या समाधानका लागि परामर्श कक्ष सञ्चालन भएको छ । संस्थालाई ऋण मुक्त बनाएर नेतृत्व हस्तान्तरण, सामाजिक गतिबीधिसँगै हाइटेक पुस्तकालय बनाउन लागेको अध्यक्ष रावलले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...