बिम र अर्मनमा आठ परिवार बिस्थापित

Gandaki Pardesh notice

बेनी । केही दिनदेखिको निरन्तरको बर्षातसँगैको पहिरोले म्याग्दीको मालिका र मंगला गाउँपालिकामा आठ घर बिस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मालिका गाउँपालिका–७ बिममा ७ र मंगला गाउँपालिका–५ अर्मनको ज्याउरेमा एक घर बिस्थापित भएका हुन् । बिमको अस्तबाङमा पहिरोले एक वटा घर भत्किएको र छ घर उच्च जोखिममा परेका छन् ।

Bhautik ministry notice about road

सात परिवारका २४ जनालाई सुरक्षित ठाउँमा अस्थाई बसोबासको ब्यवस्था मिलाएको प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले बताउनुभयो । यसैगरी अर्मनको ज्याउरेमा चारै तिर पहिरोले घेरिएको दुई तले ढुङ्गा माटोले बनेको घर पहिरोसँगै भासिएपछि नौ जना बिस्थापित भएका छन् ।

Shreekrishna hardwear in news

बर्षातसँगैको पहिरो खसेर म्याग्दीको ‘लाइफलाइन’ मानिएका बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरबाङ सडक अबरुद्ध भएका छन् । पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाडबाट कालीगण्डकीमा पहिरो खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पस्दा सोमबार बिहान ६ घरमा क्षति र भाग्ने क्रममा तीन जना घाइते भएका छन् । २७ जना बिस्थापित भएको प्रहरी कार्यालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...