म्याग्दीमा काँग्रेसका नेता कार्यकर्ताको चुनावी चहलपहल बढ्यो

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत यही भदौ १८ गते वडा कार्यसमितिको अधिवेशनको मिति तय भएसँगै म्याग्दीमा नेता कार्यकर्ताको चहलपहल बढेको छ ।

पटक–पटक घोषणा गरेर स्थगित भएको महाधिवेशन हुने निश्चित भएसँगै नेतृत्वका आंकाक्षीहरुको सक्रियता बढेको हो । वडाको अधिवेशन आउन चार दिन बाँकी रहँदा नेता, कार्यकर्ता भेला र छलफलमा जुटेपछि रौकन तातेको छ ।

संघीयको एक, प्रदेशको दुई वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह भएको म्याग्दीमा ४५ वटा वडा छन् । वडा कार्यसमितिले अधिवेशनको तयारीका लागि धमाधम बैठक गरिरहेका छन् । बेनी नगरपालिका–७ का वडा कार्यसमिति सभापति रमेशकुमार श्रेष्ठले अधिवेशनको तयारीमा जुटेको बताउनुभयो ।

Shreekrishna hardwear in news

सहमति हुने ठाउँमा सहमति र नभएको खण्डमा निर्वाचन गरेर नेतृत्व चयन गर्ने नेताहरुको तयारी छ । बिगतमा एकाध बाहेक म्याग्दीका अधिकांश वडामा काँग्रेसको नेतृत्व सर्वसम्मत रुपमा टुंगो लाग्ने गरेको थियो ।

जिल्ला कार्यसमितिका प्रबत्ता अजयमिलन श्रेष्ठले वडा अधिवेशनको तयारी र ब्यवस्थापनका लागि भदौ १६ गते बिहान बैठक बोलाइएको जानकारी दिनुभयो । केन्द्रिय कार्यसमितिले म्याग्दीमा बागलुङका निरञ्जन राजभण्डारीलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

Bhautik ministry notice about road

काठमाडौबाट सोमबार फर्कदै गरेका राजभण्डारीले मंगलबार बेनीमा आएर तयारीमा जुट्ने बताउनुभयो । निर्वाचनका लागि आवश्यक कागजात तथा सामग्रीहरु ल्याएर आएको उहाँले बताउनुभयो ।

नेपाल शिक्षक संघले वडा अधिवेशनको निर्वाचन गराउन सदस्यहरुहरुलाई कार्यबिभाजन गरेर खटाउने अध्यक्ष दुर्गाराम सुबेदीले बताउनुभयो । म्याग्दीमा नयाँ थपिएका सहित काँग्रेसको क्रियाशिल सदस्यको संख्या दुई हजार ९३५ जना पुगेको छ । काँग्रेसको अबको नेतृत्व कस्तो बनाउने भन्ने बारे गाउँ देखि जिल्ला सदरमुकाममा चर्चा परिचर्चा शुरु भएको छ ।

वर्तमान कार्यसमितिका सभापति खम्बिर गर्बुजा, पुर्बसभापति तथा संबिधानसभा सदस्य रेशम बानिया, उपसभापति माधवप्रसाद रेग्मी, सचिब मिनबहादुर कार्की, पुर्ब सहसभापति नेत्रबहादुर महत, महाधिवेशन प्रतिनिधी चिरञ्जिवी शर्मा सभापतिमा आकाक्षी देखिनुभएको छ ।

गाउँ तहका कार्यकर्ताहरुले नयाँ परिवेश अनुसार देशको मुहार फेर्न बिचार र एजेण्डा बोकेका नेता नेतृत्वका लागि अघि सर्नुपर्ने अपेक्षा गरेका गरेका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका मेख गर्बुजाले देशलाई सम्बृद्ध बनाउन सक्ने एजेण्डा भएका नेता नेतृत्वमा आउनुपर्ने बताउनुभयो ।

“हाम्रो अनी भावी पुष्ताको भविष्यसँग जोडिएको अधिवेशन मार्फत नेतृत्वय चयन गर्दा बिचार पु¥याउनु पर्ने हुन्छ,” उहाँले भन्नुभयो “काँग्रेसले देश बर्वाद पा¥यो भन्ने आरोप र गुनासो हामीले सुन्न नपरोस् ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...