रत्नेचौर र नेपानेमा दुई घर भत्किए

Gandaki Pardesh notice

बेनी । केही दिनदेखिको निरन्तरको बर्षातका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई वटा घर भत्किएका छन् ।

बेनी नगरपालिका–१ रत्नेचौर र वडा नम्बर ६ नेपानेमा एक÷एक वटा घर भत्किएका हुन् । रत्नेचौरका प्रितिबहादुर खत्री (सापकोटा)को शनिबार र नेपानेका प्रेम नेपालीको आइतबार राती ढुङ्गा माटोले बनेको एक÷एक तले घर भत्किएको हो ।

अत्याधिक बर्षातका कारण पर्खाल भत्किएर घरमा क्षति पुगेर बस्न नमिल्ने भएको छ । मानवीय क्षति भने भएको छैन् । दुई वटै परिवारका सदस्यलाई छिमेकमा रहेको आफन्तको घरमा बसोबासको ब्यवस्था मिलाएर सामान सारिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नेपानेका नारायण पौडेलले आइतबार राती घर भत्किएपछि प्रेमका ५ जनाको परिवारलाई कल्पना मिजारको घरमा सारिएको बताउनुभयो । भत्किएको पर्खाललाई त्रिपालले छोपिएको र बर्षात रोकिने बित्तकै स्थानीयबासीले श्रमदान गरेर मर्मत गर्ने सल्लाह भएको पौडेलले बताउनुभयो ।

वाइसीएलका वडा अध्यक्ष केदार पौडेलको पहलमा बेनीबाट त्रिपाल गरेर भत्किएको ठाउँमा छोपिएको छ । बर्षातसँगैको पहिरो खसेर म्याग्दीको ‘लाइफलाइन’ मानिएका बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरबाङ सडक अबरुद्ध भएका छन् ।

पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाडबाट कालीगण्डकीमा पहिरो खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पस्दा सोमबार बिहान ८ घरमा क्षति र भाग्ने क्रममा तीन जना घाइते भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...