भगवति कोत मन्दिर पुनःनिर्माण

Gandaki Ghumau

बेनी, म्याग्दीको ऐतिहासिक राखु भगवति कोत मन्दिर पुनःनिर्माण भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगतको पुरातत्व बिभागले रघुगंगा गाउँपालिका–२ मा रहेको भगवति कोतमन्दिरको पुननिर्माण गरेको हो । बिभागसँग ठेक्का सम्झौता गरेको मिलिजुली–किवेष्ट जेभीले नयाँ मन्दिर निर्माणको काम सम्पन्न गरेको जनाएको छ ।

मन्दिर पुननिर्माणका लागि मिलीजुली–किवेष्ट जेभीले कर सहित रु. ६९ लाख ३० हजार ५६६ रुपैयाँमा २०७७ फागुन २३ गते ठेक्का सम्झौता गरेको थियो । वडा अध्यक्ष रिम कटुवालले करिब पाँच महिनामा मन्दिर पुननिर्माण सकेर ठेकेदार फर्किएका बताउनुभयो ।

Shreekrishna

“मन्दिरको पुरानै स्वरुपलाई जोगाउने र भुकम्प प्रतिरोधी बनाउने गरि पुनःनिर्माण भएको छ,” उहाँले भन्नुभयो “भुकम्पप्रतिरोधि प्रविधि अवलम्बन गरि ढुंगा र काठकै सामग्री प्रयोग गरेका छन् ।” पुरानै शैलीमा निर्माण भएको मन्दिरमा सिमेन्ट र रडको प्रयोग गरिएको छैन्् । चुना, सुर्की, गिट्टी र बालुवा प्रयोग गरेर पर्खाल बनाइएको कम्पनीका प्रतिनिधी राजिब ढुङ्गेलले बताउनुभयो ।

Gunasthariya Shiksya

बाइसे चौबिसे राज्यका पालामा १७ औ शताब्दीमा भगवतिमा मन्दिर निर्माण भएको थियो । भगवति कोत म्याग्दीका पुराना र ऐतिहाँसिक कोतको सूचीमा अगाडी छ । चैते र बडा दशैँको अवसरमा विषेश पुजा हुने हुने भगवति कोतमा अन्य समयमा दैनिक नृत्य पुजा हुन्छ । भगवति कोत शक्तिपिठ हो । दशैको पुजामा यहाँ बली चढाउने चलन छ ।

धौलागिरी आईसफल पदमार्गले समेटिएको मन्दिर परिसरबाट कालिगण्डकी नदी, पुलाश्रम, पञ्चकोट संगै अन्नपुर्ण र निलगिरी हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक तथा ऐतिहाँसिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न जोड दिइएको स्थानीयबासी समेत रहेका जिसस प्रमुख देबेन्द्र कटुवालले बताउनुभयो ।

जिल्ला सदरमुकाम बेनीदेखि ४ कोष उत्तरमा कालिगण्डकी र रघुगंगा नदीको दोभानको शिरमा रहेको भगवति कोतमन्दिरमा पुग्न बेनी–गलेश्वर–पिप्ले–भगवती सडकको सहज पुहँच छ । पैदलयात्रा मार्फत पनि पुग्न सकिन्छ ।

तत्कालिन राखु भगवती र राखु पिप्लेकोे साझा कोतको रुपमा चिनिदै आएको यो मन्दिरको ईतिहास नेपाल एकिकरण हुनु अघिको तत्कालिन विभिन्न भुरे टाकुरे राजाहरु तथा १४ देखि १७ औँ शताब्दीका बाईसे चौबिसे राज्यका राजाहरुसंग जोडिएको इतिहाँस छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...