जिल्ला प्रशासन कार्यालय म्याग्दीमा किन हुन थाल्यो ढिलासुस्ति (भिडियो सहित)

Sinchai Khanipani notice

बिद्युत आपुर्ति अनियमित हुनु र बैकल्पिक ब्यवस्थाका लागि जडान भएको इनभटर, ब्याट्रि र सोलार सेटले काम गर्न छाडेपछि समस्या

सन्तोष गौतम

बेनी, केन्द्रिय प्रशारण लाइनको बिद्युत आपुर्ति नभएको अवस्थामा जिल्ला प्रशासन कार्यालय म्याग्दीको सेवा ठप्प हुन थालेको छ ।

Shreekrishna hardwear in news

प्र्रशासनमा जडान भएको इनभटर, ब्याट्रि र सोलार सेटले काम गर्न छाडेपछि बिद्युत आपुर्तिसँगै सेवा पनि बन्द हुन थालेको हो । बिद्युतीय उपकरणको प्रयोग र इन्टरनेटको सहायताले गरिने सबै काम ठप्प हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले बताउनुभयो ।

“अधिकांश काम कम्प्युटर र इन्टरनेटबाट गर्नुपर्छ,” उहाँले भन्नुभयो “बिद्युत आपुर्ति नहुँदा समस्या भएको छ ।” आइतबार अपराहन्न झरी परेरहेको अवस्थामा कार्यकक्षमा अध्याँरो भएपछि सहायक प्रजिअ पौडेल मोवाइलको टर्च बालेर कागजपत्र प्रमाणित गर्दै हुनुहुन्थ्यो ।

कम्प्युटरमा टाइप गर्न बिजुली नभएपछि अन्य कर्मचारीहरुले अति आवश्यक काम हातले लेखेर गरिरहेका थिए । बागलुङ र पर्वतको सिमानामा पोल ढल्दा आइतबार दिउँसो १ देखि ५ बजेसम्म म्याग्दीमा केन्द्रिय प्रशारण लाइनको बिद्युत आपुर्ति बन्द भएको थियो ।

Bhautik ministry notice about road

म्याग्दीमा बिद्युत आपुर्ति अनियमित हुने समस्या छ । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेबाट श्रीमतिको नागरिकता बनाउन आउनुभएका ताराप्रसाद छन्त्यालले समयमा काम नहुँदा थप दुई दिन बेनी बस्नुपर्ने अवस्था आएको बताउनुभयो ।

“सानो बच्चा सहित श्रीमतिलाई लिएर दिउँसो १२.३० मा आएको थिए,” उहाँले भन्नुभयो “बिजुली छैन भनेर दिनभरी काम गरेनन् । भोली (सोमबार) बिदा छ । आजै काम सकेर फर्कने योजना थियो । पर्सीसम्म बेनी बस्नुपर्ने भयो ।”

जनजातीको प्रमाणपत्र बनाउन आएकी मालिका गाउँपालिका–५ देबिस्थानकी हेमा रानामगरले दिनभरी कुरेर काम नभएपछि त्यसै फर्कनुपरेको गुनासो गर्नुभयो । “बिजुली छैन भनेर काम गरेनन, बैकल्पिक ब्यवस्था रहेनछ,” उहाँले भन्नुभयो “यस्तो महत्वपूर्ण कार्यालयमा बिद्युत आपुर्तिको बिकल्प नगर्दा नागरिकलाई सास्ती भयो ।”

नागरिकताको प्रतिलिपी बनाउन आएका देबिस्थानकै सुरत पुन पनि ताराप्रसाद र हेमा जस्तै कामै नगरी फर्कनु परेको गुनासो गर्नुभयो । नागरिकता बितरण, सिफारिस, संस्था दर्ता, नविकरण लगायतका काम लिएर प्रशासनमा पुग्ने सर्बसाधारण मर्कामा परेका छन् । संवेदनशिल बिषयमा हुने सूचना आदानप्रदान गर्न पनि समस्या भएको कर्मचारीहरुले बताएका छन् । उनिहरुको अनुसार करिब एक महिनादेखि बिद्युत आपुर्तिमा समस्या भएको हो ।

बि.स. २०७६ मा जडान गरिएको सोलार, ब्याट्री र इनभटर बिग्रिएपछि समस्या भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो । “वारेन्टिको म्याद अझै दुई बर्ष रहेछ । आपुर्तिकर्तालाई तत्कालै मर्मत गर्न निर्देशन दिएका छौ,” उहाँले भन्नुभयो “सोलारबाट चार्ज गरेर ब्याट्रि र इनभरटर बनाउन घाम नलागेपछि प्राबिधिक हिसाबले समस्या भयो ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...