दूधेखोलाका बाढी पिडितलाई माओवादी केन्द्रको राहत (भिडियो सहित )

Gandaki Ghumau

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ दूधेखोलाका बाढी पडितलाई नेकपा माओवादी केन्द्रले आइतबार राहत उपलब्ध गराएको छ । वडा अध्यक्ष पदम पुन र सदस्य गेमबहादुर घर्तिको रोहबरमा माओवादीका नेताहरुले रु. २५ हजार नगद बितरण गर्नुभएको हो ।


माओवादीका जिल्ला इञ्चार्ज गोबिन्द पौडेल, पुर्ब अध्यक्ष चन्द्रबहादुर घिमिरे, सचिवालय सदस्य रेशम जुग्जाली, नगर कमिटि अध्यक्ष सेरबहादुर केसी, युवा नेता टेकप्रसाद सापकोटा, बिज्ञान केसी, सन्दिप केसी लगायतको टोलीले राहत बितरणका साथै बाढीले पु¥याएको क्षतिको निरिक्षण गर्नुभएको हो ।

Shreekrishna
Gunasthariya Shiksya

गत सोमबार दूधेखोलामा आएको बाढीले एक वटा घर पूर्ण, दुई वटा उच्च जोखिममा पार्नुका साथै एक वटा भैसी मरेको, सडक, खानेपानीको पाइप बगाएको, म्याग्दी नदीमा तलाउ बनेको, कोप्रे र दूधेखोलाका ४० घर जोखिममा परेका छन् ।

क्षतिको आधारमा वडाका जनप्रतिनिधिले बनाउको मापदण्ड अनुसार दिपा पुनलाई दश हजार, नारायण पुनलाई पाँच हजार, खड्गबहादुर रोका, दुर्गा थापा, डिल्लीराम थापा, लिलाबहादुर घर्तिमगर र भुपाल घर्तिमगरलाई रु. दुई÷दुई हजारका दरले बितरण गरिएको हो ।

इञ्चार्ज पौडेलले बाढीले पु¥याएको क्षतिप्रति दुःख ब्यक्त गर्दै तटबन्ध गरी बस्ती संरक्षण गर्न पार्टीको तर्फबाट उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयमा पहल गर्ने बताउनुभयो । वडा अध्यक्ष पुनले नगरपालिका मार्फत बाढीले अवरुद्ध बनाएको बेनी–बरंजा सडक खुलाएको र बस्ती नदी नियन्त्रण योजनालाई पहल गरेको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...