लाइब्रेरी फाउण्डेशनमा म्याग्दीका थापा

Sinchai Khanipani notice

बेनी । नेपालमा बिद्युतीय पुस्तकालय बिस्तारको काम गर्दै आएको नेपाल लाइब्रेरी फाउण्ेशनको अध्यक्षमा म्याग्दीका चक्रबहादुर थापा निर्बाचित हुनुभएको छ ।

शनिबार काठमाडौमा भौतिक र भर्चुअल माध्यमबाट भएको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट फाउण्डेशनको उपाध्यक्षमा मणिराम फुयाल, महासचिवमा धनकुमार श्रेष्ठ, कोषाध्यक्षमा रचना श्रेष्ठ र सचिबमा सुनिल पाण्डे चयन हुनुभएको छ ।

सदस्यहरुमा सरोजा श्रेष्ठ, गंगाराम कडेल, यज्ञराज भट्ट, छाँयादत्त न्यौपाने, प्रबिणबाबु ढकाल र चण्डिकाकुमारी राय रहेको ११ सदस्यीय केन्द्रिय कार्यसमिति सर्वसम्मत चयन भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)का निबर्तमान अध्यक्ष रहनुभएका थापा एनआरएनए लगायत विभिन्न सामाजिक गतिबिधीमा सक्रीय हुनुहुन्छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अध्यक्ष थापाले फाउण्डेशनका कार्यक्रमलाई सामुहिक प्रयासबाट थप गतिवान बनाउन योजना बनाएर अघि बढ्ने बताउनुभयो । अधिवेशनले बिगतमा भएका कामहरूको समीक्षा गर्दै “आफूले पढेको ठाउँ, एउटा पुस्तकालय बनाउँ“ भन्ने नारा पारित गरेको छ ।

भर्चुअलरूपमा आयरल्याण्डबाट गंगाराम कँडेल, बाबुकाजी ओली, न्यूजिल्याण्डबाट सुक घले, अमेरिकाबाट डा. विजय झा, युकेबाट शिबजी श्रेष्ठ, मध्यपूर्बबाट राजु केसी, कोरियाबाट डा. अग्नी कोइराला, नेपालबाट छाँयादत्त न्यौपाने र बसन्तकृष्ण श्रेष्ठ आदिको सकृय सहभागिता रहनुका साथै महत्वपूर्ण राय सुझाव प्रस्तुत गर्नु भएको थियो ।

कपिल देव थापाको अध्यक्षता, संस्थापक अध्यक्ष शरदबाबु श्रेष्ठको प्रमुख आतिथ्यता, मणिराम फुयालको स्वागत र धनकुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...