मंगलामा तरुणदल पुर्नगठन र लोकतान्त्रिक खेलकुद संघ गठन

Gandaki Ghumau

बेनी । मंगला गाउँपालिकामा शनिबार नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदल पुर्नगठन र लोकतान्त्रिक खेलकुद संघ गठन भएको छ ।

विपिन खड्काको अध्यक्षतामा, उपाध्यक्षमा रामबहादुर खत्री, निर्मलसिंह ठकुरी, सुमन घर्ति मगर, कुमार लामिछाने विक, प्रताप रोका, लक्ष्मण घर्ति मगर, सचिव धनबहादुर केसी र निरोज खड्का, कोषाध्यक्ष बिमला श्रीपाली रहेको ५४ सदस्यीय तरुण दल पुर्नगठन भएको छ ।

रमेश केसीको अध्यक्षतामा गठन भएको ४९ सदस्यीय खेलकुद संघको उपाध्यक्षमा प्रेम पुन, याम खड्का, एलिन केसी, सुमन पुर्जा, दिपेन्द्र तुलाचन, सचिवमा मिलन गुरुङ, अनिता रोका, कोषाध्यक्षमा ललिन्द्र थापा र क्रितिज घर्ति क्षेत्री चयन हुनुभएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

तरुणदल र लोकतानित्रक खेलकुद संघको संयुक्त आयोजनामा भेला गरिएको तरुणदल म्याग्दीका कोषाध्यक्ष हिराबहादुर पुनले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले विपक्ष दलहरुको अलोकतान्त्रिक गतिविधिलाई तरुण युवाहरु एकजुट भएर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

संविधानसभा सदस्य तथ निवर्तमान जिल्ला सभापति रेशमबहादुर बानियाँ, पुर्व जिल्ला सहसभापति नेत्रबहादुर महत, उपसभापति माधव रेग्मी, सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, सचिव क्याप्टेन मिनबहादुर कार्की, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर, तरुणदल जिल्ला अध्यक्ष मुकुन्द छन्त्याल, काँग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठ, जिल्ला सदस्य केबी भण्डारी, ओम छन्त्याल, नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन, कांग्रेस प्रदेश सभा क्षेत्र ‘ख’ का उपसभापति मेकबहादुर पुन, नेता बलभद्र ढकाल लगायत जिल्लाका नेताहरुले युवाहरु एकजुट भएर अलोकतान्त्रिक गतिविधिहरुको खबरदारी गर्दै जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।

विपिन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मंगला गाउँपालिका सभापति नरसिंह केसीको स्वागत र कांग्रेस प्रदेश सभा क्षेत्र ‘ख’ का सचिव श्रीराम पौडेलले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...