चिनाकोटमा पर्यटकीय पुर्बाधार निर्माण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

दर्पण रोका
बरंजा । म्याग्दीको मंगला गाउँपालिका–३ स्थित चिनाकोटमा पर्यटकीय पुर्बाधार निर्माण भएको छ ।

भू–तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वतको रु. बीस लाख बजेटमा स्थानीयबासीहरुले श्रमदान गरेर पदमार्ग, खानेपानी र सार्वजनिक शौचालय निर्माण गरेका हुन् । चिनाकोट घुम्न आउने पाहुना तथा पर्यटकहरुको सुबिधाका लागि पुर्बाधार निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रनबहादुर रोकाले जानकारी दिनुभयो ।

“सेप्रेको मुहानबाट तीन वटा इन्टेक, चार हजार पाँच सय लिटर क्षमताको दुई वटा रिजर्भ टंकी बनाएर दुई हजार पाँच सय मिटर पाइपबाट ल्याएको पानी उपभोगका लागि एक वटा धारा बनाएका छौ,” उहाँले भन्नुभयो “दायाँ र बाँया दुबैतर्फ रेलिङ सहितको ९० मिटर पक्कि र ७५ मिटर ढुंगाको सिढी भएको पदमार्ग निर्माण गरेका छौ ।”

Shreekrishna

सार्वजनिक शौचालय पनि निर्माण भएको छ । पुर्बाधार निर्माण भएपछि अप्ठ्यारो र भिरालो ठाउँमा जोखिम मोलेर हिड्नुपर्ने, पिउने पानी बोकेर जानुपर्ने, शौचालयको समस्या हटेको उपभोक्ता समितिका सचिब कमल रोकाले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

“बस्ती देखि टाढा र उच्च स्थानमा रहेको चिनाकोटमा पिउने पानीको समस्या थियो,” उहाँले भन्नुभयो “खानीगाउँ, दुर्दी, बाहुन पँधेरा र थर्पुका ५३ जनाले दुई महिनासम्म श्रम गरेर पुर्बाधार तयार पारेका हौ ।”

भू–तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वतको म्याग्दी स्थित सम्पर्क इकाईका सहायक संरक्षण अधिकृत शम्भुकुमार मिश्रका अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा रु. बीस लाख बजेट बिनियोजन भएकोमा आयोजना ब्यवस्थापन खर्च वापतको रु. असी हजार घटाएर रु. १९ लाख २० हजार भुक्तानी भएको छ ।

समुन्द्री सतहदेखि दुई हजार २०० मिटरको उचाईमा अवस्थित चिनाकोटमा बाइसे चौबिसे राज्यका पालामा दरबार थियो । ऐतिहाँसिक महत्वका खुडा, तरबार, ढाल, खुकुरी लगायत चिनाकोट दरबारका हतियारलाई थर्पुकोटमा सुरक्षित रुपमा राखिएको छ । यहाँ रानीले कपाल कोर्ने ठाउँ, पानी राख्ने पँधेरा, सुरक्षाका लागि बनाइएको सुरुङ र दरबारका भग्नाअवशेष छन् ।

चिनाकोटबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छे रेञ्जका हिमाल, सुर्योदय, पहाडी भूगोल, ग्रामिण बस्ती र बनजंगलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । महत्व तथा बिशेषताको बारेमा प्रचारप्रसार गरेर पर्यटकीय गन्तब्य बनाउन जोड दिएको चिनाकोट युवा क्लबका अध्यक्ष गमश रोकाले बताउनुभयो ।

चिनाकोट नजिकैको झाँक्रीपानीसम्म सडक यातायातको सुबिधा छ । झाँक्रीपानीमा होमस्टे (घरबास) सुबिधा पनि छ । मंगला गाउँपालिकाले भ्युटावर र सामुदायिक भवन निर्माण गरेको छ । बाबियाचौर देखि झाँक्रीपानी जोड्ने पदमार्ग निर्माणाधिन अवस्थामा छ । झाक्रिपानी र चिनाकोटलाई पदमार्गले जोडिएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...