जलजलाका गाइभैसीलाई पोषण भत्ता

Gandaki Pardesh notice

साजन परियार
बेनी । पर्वतको जलजला गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी गाइभैसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बनेको छ । कृतिम गर्भाधानको माध्यमबाट गाइभैसीको नश्ल सुधार गरि उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको हो ।

गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दिपक श्रेष्ठले कृतिम गर्भाधान सेवा प्रति आकर्षण बढाएर पाडापाडी र बाच्छाबाच्छि पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन सञ्चालन गरेको बताउनुभयो ।

“कृतिम गर्भाधान गराएका गाईभैसीबाट जन्मिएका पाडापाडी र बाच्छाबाच्छि चार महिना पालेपछि मात्र अनुदान दिने गरिएको छ,” उहाँले भन्नुभयो “जसले गर्दा कृषकले उन्नत जातका पाडापाडी र बाच्छाबाच्छी पाल्न थालेका छन् ।”

Shreekrishna hardwear in news

बिशेष गरेर जन्मिदा बित्तकै भैसीका पाडापाडी कटाउने (नपाल्ने) चलन घटाएर संरक्षण गर्न कार्यक्रम प्रभावकारी देखिएको पशु सेवा प्राबिधिक श्रेष्ठले बताउनुभयो । गत आर्थिक वर्ष २०७७÷७८ मा ७२ जना कृषकलाई पाडापाडी र बाच्छाबाच्छि हुर्काए वापत पोषण भत्ता स्वरुप रु. दुई हजार पाँच सयका दरले कुल रु. एक लाख असी हजार बितरण गरेको शाखाले जनाएको छ ।

Bhautik ministry notice about road

जनप्रतिनिधी र पशु सेवा प्राबिधिकले बाच्छाबाच्छि र पाडापाडीको अनुगमन गरेर अनुदान उपलब्ध गराउने कार्यबिधी छ । नश्ल सुधारका लागि कृति गर्भाधान कार्यक्रमका अलावा उन्नत जातको राँगो, साँढे र बोका समेत बितरण गरेको छ ।

आठ वटा समुहलाई राँगो खरिद गर्न रु. तीस हजारका दरले अनुदान दिएको छ । २० जना कृषकले गोठ सुधार गर्न रु. २५ हजारका दरले अनुदान पाएका छन् । १० जना कृषकलाई घाँस टुक्रा पार्ने च्यापकटर खरिद गर्न रु. २० हजारका दरले अनुदान बितरण गरेको छ ।

पालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउन बाख्रा, गाइभैसी र कुखुरापालनको पकेट क्षेत्र बनाएर कार्यक्रम सञ्चालन गरेको छ । उत्पादन लागत घटाउन घाँसमा आधारित पशुपालनका लागि बहुबर्षे डाले र भुईघाँस खेती बिस्तारका लागि बिउ र बिरुवा बितरण गरेको छ ।

वार्षिक १९ लाख ५२ हजार ३१४ लिटर दूध आवश्यक पर्ने जलजला गाउँपाकिला दूधमा आत्मनिर्भर बनेर निकासी गर्ने अवस्थामा छ । वार्षिक २७ लाख ६३ हजार १५० लिटर दूध उत्पादन हुने जलजलाबाट आठ लाख दश हजार ८३६ लिटर दूध निकासी हुन्छ ।

वार्षिक तीन लाख ३५६ किलोग्राम मासु आवश्यक पर्नेमा एक लाख ७१ हजार ५३ किलोग्राम र दश लाख २९ हजार ७९२ गोटा अण्डा आवश्यक पर्नेमा छ लाख ५७ हजार २८० गोटा उत्पादन हुने गरेको जलजलाको पशु सेवा शाखाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...