सिंगामा १०१ सदस्यीय वाइसीएलको वडा कमिटि निर्बाचित

Gandaki Ghumau

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार सन्दिप केसीको अध्यक्षतामा नेकपा माओवादी (केन्द्र)को भातृ संगठन वाइसीएलको १०१ सदस्यीय वडा कमिटि गठन भएको छ ।

सिंगामा शनिबार भएको भेलाबाट निर्बाचित कमिटिको उपाध्यक्षमा बाबुराम केसी, लालबहादुर किसान, कुशम बानिया, सचिबमा नारायण खत्री, उपसचिबमा सुजन थापा, अमर किसान, दिपक केसी, रबिना केसी, कोषाध्यक्षमा लालबहादुर कार्की, सहकोषाध्यक्षमा अजय कार्की र यसोदा मिजार निर्वाचित हुनुभएको छ ।

Gunasthariya Shiksya

भेलालाई संम्बोधन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज गोबिन्द पौडेल, गण्डकी प्रदेश सांसद बिनोद केसी र माओवादीका युवा नेता रेशम जुग्जाली (सुबिन)ले माओवादी जनयुद्धबाट प्राप्त भएको गणतन्त्र, समावेशी, संघिय ब्यवस्था सहितको संबिधानको रक्षाका लागि देशमा फेरी एक पटक माओवादीको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

Shreekrishna

राजनीतिक परिवर्तनलाई संस्थागत, नागरिकको हक अधिकारको सुनिश्चित गर्दै जनताको आधारभूत आवश्यकता पुरा गर्दै समाजवादी र बिभेदरहित समाज निर्माण, बिकास र आर्थिक सम्बृद्धीका लागि माओवादीको एजेण्डालाई जनताले साथ दिनुपर्ने उहाँहरुको भनाई थियो ।

कार्यक्रममा माओवादीका नगर कमिटि अध्यक्ष शेरबहादुर केसी, वडा कमिटि अध्यक्ष अणबहादुर खड्का (भगवान), वाइसीएलका नगर कमिटि अध्यक्ष नबिन पौडेल र पुर्ब संयोजक नारायण पौडेलले मन्तब्य व्यक्त गर्नुभएको । चयन्द्र श्रीसको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...