म्याग्दीका खोमराज वल्ड आईडलमा मनोनयन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ का दृष्टिबिहिन खोमराज शर्मा वल्र्ड आइडलको मनोनयनमा पर्नुभएको छ ।
पोखरामा बसेर दृष्टिबिहिनको शिक्षा, प्रबिधि, रोजगारमा पहुँच बढाउन र शसक्तिकरणमा सक्रिय शर्मालाई नेपाल नेत्रहिन संघले वल्र्ड आइडलको मनोनयन गरेको हो ।
विश्वभरका नमुना काम गरेका दृष्टिबिहिनहरुबीच अनलाइन भोटिङ समेतको आधार मानेर आइडल छनौट गर्न लागिएको छ । विश्वका विभिन्न मुलुकबाट आवेदन दिई छनोटमा परेकाहरुलाई अनलनइन माध्यमबाट भोट गर्ने समय अब तीन दिन बाँकी रहदाँ शर्मा अगाडी आउनुभएको छ ।
बि.स. २०५६ सालदेखि नेपाल नेत्रहिन संघ बाग्लुङ, इलाम र कास्कीको शाखाहरु र केन्द्रमा विभिन्न जिम्मेबारीमा रहेका शर्मा नेत्रहिन संघको गण्डकी प्रदेश अध्यक्ष र केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ । उँहाले कास्की नेत्रहिन संघ मार्फत पोखरामा नेपालकै पहिलो अडियो पुस्तकलाय स्थापना, पोखरामा दृष्टिविहिनका लागि सुचना प्रविधि तालिम, नेत्रहिन संघद्धारा अगाडि बढाईएका विभिन्न अभियानमा क्रियाशिल हुनुहुन्छ ।
दृष्टिविहिनहरुको हक हित र अधिकारमा सक्रिय शर्माले आफुलाई अनलाईन भोट गरि जिताउनको लागि अनुरोध गर्नुभएको छ ।

Bhautik ministry notice about road

भोट गर्ने तरिका

सुरुमा तलको लिङ्कमा जानुहोस। https://idol.chancefortheblind.org/vote/1978 त्यस पछि तपाइँको इमेल लेख्ने ठाउँ आउँछ त्यहाँ आफ्नो मेल लेख्नुहोस र Submit गर्नुहोस। त्यसपछि तपाइँको इमेलमा confirmation मेसेज आउँनेछ, आफ्नो इमेल खोल्नुहोस र confirm your vote लिङ्कमा क्लिक गर्नुहोस। https://idol.chancefortheblind.org/vote/1978?fbclid=IwAR1zICH_MKAMtwB0L26-mt53IhVoKdsL5_FmTMKLYzXDgzIOloOw5ZmQHw8

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...