रायखोरको पहिरोले थुनिएको राहुघाट पुरानै स्वरुपमा बग्न थाल्यो

Sinchai Khanipani notice

ओभरफलो भएर नदी बगेपनि तलाउ भने यथावत

बेनी । पहिरोले थुनिएको म्याग्दीको राहुघाट नदी पुरानै स्वरुपमा बग्न थालेको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको गौडामुनी क्षेत्रमा पहिरो खसेर राहुघाट नदी थुनिदा बनेको तलाउ भने घटेको छैन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीले साँघुरो ठाउँमा पहिरोसँगै खसेको ठुलो ढुङ्गाका कारण बनेको तलाउ यथावट रहेको र नदी पुरानै स्वरुपमा बग्न थालेको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“करिब एक किलोमिटर लम्बाई, १५ मिटर चौडाई र ५० फिट भन्दा बढी गहिरो तलाउ बनेको छ,” उहाँले भन्नुभयो “ढुङ्गा र पहिरोले थुनेर बनेको तलाउ भरिएर नदी पुरानै स्वरुपमा बग्न थालेको छ ।”

पहिरोले तलाउ बनेको ठाउँमा चिमखोला स्थित नेपाली सेनाको क्याम्प, पाखापानी प्रहरी चौकी र स्थानीयबासीको टोलीले निरिक्षण गरेको थियो । चिमखोलाका युवा प्रदिप मगरले निरन्तर खसेको पहिरो र तलाउका कारण जोखिम कायमै रहेको बताउनुभयो ।

धौलागिरी हिमालको दक्षिणी मोहदामा मुहान रहेको राहुघाट कालीगण्डकी नदीको सहायक नदी हो । नदी थुनिएको ठाउँमा वरपरको जमिन जलमग्न भएको छ । रघुगंगा गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले कालीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

दाउरा संकलन, माछा पार्ने जस्ता कामको शिलशिलामा नदी किनारमा नजान अनुरोध गरेका हुन् । राहुघाटको तटीय क्षेत्रमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलबिद्युत आयोजनाको बिद्युतगृह, ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको बाँध निर्माणाधिन छन् । बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिकाको राहुघाटमा आएर राहुघाट नदी कालीगण्डकीमा मिसिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...