दोबामा बाख्रा पकेट

Shreekrishna hardware

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबालाई बाख्राको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ ।

अन्नपूर्ण गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत बाख्रापालनलाई ब्यवसायिक बनाउन दोवामा पकेट क्षेत्र बनाएको हो । निर्बाहमुखी परम्परागत रुपमा गरिदै आएको बाख्रापालनलाई आधुनिक र ब्यवस्थित बनाउन कार्यक्रम पकेट कार्यक्रम सञ्चालन गरेको वडा अध्यक्ष दिलिप गर्बुजाले बताउनुभयो ।

“हाम्रो वडामा म्याग्दी जिल्लामै धेरै बाख्रापालन भएको छ । परम्परागत हिसाबले गरेको बाख्रापालन ब्यवस्थित छैन्,” उहाँले भन्नुभयो “बाख्रापालनलाई आधुनिकिकरण र ब्यवसायीकरण गरेर आयआर्जन बढाउने तथा जिवनस्तर सुधार गर्ने लक्ष्य हो ।”

Shreekrishna

२५० भन्दा बढी घरधुरीको बसोबास रहेको दोबामा ब्यवसायिक बाख्रापालन गर्ने कृषकको संख्या ५६ घरधुरी छ । एउटा फार्ममा ४० भन्दा बढीका दरले बाख्रा पालेका छन् । फिरन्ते शैलीमा गरिएको सात वटा गोठमा करिब बीस हजार भेडा पालेका छन् ।

Ban devision notice

गत आर्थिक वर्ष २०७७÷७८ देखि शूरु भएको बाख्रा पकेट कार्यक्रमबाट बाख्राको खोर र गोठ सुधार गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका पशु सेवा प्राबिधिक प्रकाश घर्ति क्षेत्रीले दुई वटा समूहलाई एकिकृत गरि दोवा बाख्रा पकेट सञ्चालक समिति गठन गरेर कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो ।

“समितिमा हाल ३० जना कृषक आवद्ध भइसकेका छन,” उहाँले भन्नुभयो “छुटेका कृषकलाई यस वर्षको कार्यक्रममा समेट्छौ ।” गत आर्थिक वर्षमा बिनियोजन भएको रु. १५ लाख बजेटबाट पाँच वटा नयाँ खोर निर्माण, एक÷एक वटा दाना दिने टहरा र गोठ सुधार गरिएको छ ।

स्थानीय जमुनापारी र खरी जातका बाख्राको नश्ल सुधार गर्न उन्नत बोयर जातको एक वटा ७५ प्रतिशत क्रस बोका खरिद भएको छ । बाख्रालाई आन्तरिक र बाह्य परजिवी बिरुद्धको खोप लगाउने र कृषकलाई औषधी बितरण गरिएको छ । दोबाको बाख्रा पकेट कार्यक्रमलाई चालु आर्थिक वर्षमा रु. सात लाख बजेट बिनियोजन भएको छ ।

बिदेशमा कडा परिश्रम गर्दा समेत अपेक्षाकृत आम्दानी हुन नसकेपछि फर्कीएका युवाहरुले जिविकोपार्जनका लागि बाख्रा पालेका छन् । स्वरोजगार बन्नुका साथै घरखर्च चलाउन र छोराछोरी पढाउन बाख्रा पालनबाट भएको आम्दानीले उनिहरुलाई सहयोग पुगेको छ । खसीबोका र बाख्रा, पाठा खरिद गर्न ग्राहक गाउँमै आउने भएकाले बजारको समस्या छैन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...