रघुगंगाको छहरे र बगरखोलामा झोलुङ्गे पुल निर्माण

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ स्थित छहरे र बगरखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

कुइनेमंगलेको घ्यासीखर्कदेखि ढाँड–दुवाडी–पात्लेखर्क हुँदै पसिद्ध धार्मिक पर्यटकीय स्थल रिखार जाने पदमार्गमा अस्थायी काठे साँघुलाई विस्थापित गरि झोलुङ्गे पुल निर्माण भएको छ । बगरखोलामा रु ४६ लाख ७१ हजार लागतमा ७१ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको गाउँपालिकाले जनाएको छ ।

नेपाल सरकारले उपलब्ध गराएको शसर्त बजेटबाट गाउँपालिको सञ्चालन गरेको यस योजनमा उपभोक्ताले रु. ९३ हजार बराबरको श्रमदान गरेका छन । यस खोलामा हरेक बर्ष वारपारको लागि काठे साँघु बनाउने गरिएको थियो ।

Shreekrishna hardwear in news

जनैपूर्णिमा पर्वको अवसरमा बिशेष पुजा हुने रिखार जाने भक्तजनहरुको सुविधाका लागि हरेक बर्ष अस्थायी साघुँ बनाउँदा करिब ३० हजारको हाराहारीमा खर्च हुँदै आएको थियो । झोलुङ्गे पुल निर्माण भएपछि साँघु बनाउनुपर्ने झञ्जट हटेको र खर्च समेत घटेको रिखार संरक्षण समितिका अध्यक्ष चित्र छन्त्यालले बताउनुभयो ।

Bhautik ministry notice about road

त्यसैगरि छहरेखोलामा रु. ४२ लाख ६९ हजार लागतमा ७४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । नेपाल सरकारको ससर्त अनुदानबाट गाउँपालिकाले सञ्चालन गरेको यस योजनामा उपभोक्ताले रु. ८५ हजार बराबरको श्रमदान गरेका छन् । यो पुल निर्माणपछि घ्यासीखर्कदेखि ढाँड, दुवाडी, पात्लेखर्कका स्थानीयबासीलाई वारपार र आवतजावतका लागि सहज भएको छ । रिखार जाने भक्तजन र पर्यटकहरुलाई सुबिधा पुगेको छ ।

दुबै पुल निर्माणमा गैर सरकारी संस्था मिलन म्याग्दीले प्राविधिक सहजीकरण गरेको थियो । दुई वटै पुलको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले उद्घाटन गर्नुभयो । झोलुङ्गे पुल निर्माणले स्थानीयबासीलाई खोलामा वारपार गर्न साँघु तर्नुपर्ने बाध्यता अन्त्य भएको बताउँदै रिखारको पर्यटन विकासमा समेत सहयोगी बनेको सुबेदीले बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य यामकुमारी घर्ति गोतामे, वडा सदस्य नरप्रसाद छन्त्याल लगायतको सहभागीता थियो । बगरखोला पुल निर्माण उपभोक्ता समितिका सचिब विवस फगामी र छहरेखोला पुल उपभोक्ता समितिका अध्यक्ष अविन्द्र छन्त्यालको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...