रेस्लिङमा चम्किदै म्याग्दीकी आकृति (अन्तरवार्ता सहित )

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँकी आकृति पुन साहासिक खेल रेस्लिङको उदयीमान खेलाडीको रुपमा स्थापित हुनुभएको छ ।

काठमाडौमा बस्दै आएकी आकृति रेस्लिङ खेल्न थालेको छोटो अवधीमै धेरै प्रतियोगितामा प्रतिस्पर्धीलाई पराजित गरेर सफलता हात पार्नुभएको छ । ‘रेस्लिङ खेल्न थालेको तीन वर्ष भयो,’ उहाँले भन्नुभयो ‘१०÷१२ वटा प्रतियोगिता खेले । धेरैमा सफलता पाएकी छु ।’

सानै उमेरदेखि रेस्लिङ मन पराउने आकृति सामाजिक सञ्जालमा नेपालकी पहिलो महिला रेस्लिङ खेलाडी भगवति खड्का (युनिका)सँग भेट भएपछि तीन महिने तालिम लिएर प्रतियोगितामा सहभागि हुन थाल्नुभएको हो ।

Shreekrishna

अग्लो र आकर्षक जिउडाल भएकी आकृति कोरोनाका कारण बिदेशमा खेल्न जाने योजना रोकिएको बताउनुहुुन्छ । पछिल्लो पटक गत बैशाखमा काठमाडौमा भएको रेस्लिङ प्रतियोगितामा आकृतिले पुरुष रेस्लर नेपाली ब्रोसँग भिडेपछि साहस र आँटको चौतर्फि चर्चा र प्रशंसा बटुल्नुभएको थियो ।

रेस्लिङ खेलको पोषाकमा आकृति पुन । तस्बिर आकृति पुनको फेसबुक पेजबाट

रेस्लीङ खेल्दा रमाइलो लाग्ने आकृतिको अनुभव छ । आकृतिलाई रेस्लिङ सिकाएकी नेपाल रेस्लिङ फाउण्डेशनकी अध्यक्ष समेत रहेकी खड्काले आकृतिले रेस्लिङमा छोटो समयमा धेरै प्रगति गरेकी बताउनुभयो ।

‘उहाँ (आकृति) हिम्मतवाली र आँटिली हुनुहुन्छ,” खड्काले भन्नुभयो “उहाँको मेहनत र बलियो आत्मबलले प्रभावित बनाएको छ । फिगर राम्रो छ । नियमित ब्यायम गर्नुहुन्छ । फ्यान फलोर बटुलेको देख्दा एकदम खुसी लाग्छ ।”

हिमालयन टाइगर ग्रुपसँग रेस्लिङ सिकेकी भगवतिले सुरुमा धेरै गाहे भएको सम्झनुहुन्छ । अमेरिकन, अस्टे«लियन, जापानिजसँग पहिलो खेलमै भिडेकी भगवतिले भारतमा भएको अन्तराष्ट्रिय प्रतियोगिता जित्नुभएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

नेपालमा महिला रेस्लिङ खेललाई अघि बढाउन भगवतिको अगुवाइमा स्थापना भएको फाउण्डेशनले प्रशिक्षण दिने गरेको छ । फाउण्डेशनले सिकाएका १२९ जना मध्य करिब ४० जना महिला रेस्लिङ खेलाडी छन् । जसमध्य उत्कृष्ट र आकर्षक खेलाडी आकृति भएको भगवतिले बताउनुभयो ।

टोड्केमा अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिताको तयारी

म्याग्दीको मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्केमा अन्तराष्ट्रिय महिला रेस्लिङ प्रतियोगिता आयोजना गर्ने तयारी भएको छ ।

प्रतियोगिता सञ्चालनका लागि टोड्केको भौगोलिक अवस्थिति र लागत अनुमानबारे अध्ययन गर्न जापानको सामाजिक संस्था भलो भकारी कोष मार्फत फाउण्डेशनका अध्यक्ष खड्का, खेलाडी पुन सहितको टोली बुधबार म्याग्दी आएको छ ।

टोड्केमा अन्तराष्ट्रिय महिला रेस्लिङ प्रतियोगिता आयोजनाका लागि सम्भाव्यता अध्ययन गर्न पुगेको नेपाल रेस्लिङ फाउण्डेशनकी अध्यक्ष भगवति खड्का (युनिका) र खेलाडी आकृति पुन सहितको टोली । तस्बिर धौलागिरी खबर

भलो भकारी कोषका अध्यक्ष याम खड्का, टोड्के हिल रिसोर्ट तथा होमस्टे प्रालीका सञ्चालक भिम शेरचन सहितको टोलीले टोड्केमा रेस्लिङ खेल सञ्चालनका लागि आवश्यक पुर्बाधारको उपलब्धता र भौगोलिक अवस्थाको बारेमा अध्ययन गरेर फर्कने जनाइएको छ ।

बिदेशी खेलाडीहरु समेत सहभागि हुने प्रतियोगिता टोड्केमा आयोजना गर्न आकृतिले प्रस्ताव गर्नुभएको थियो । कोभिडको जोखिम सामान्य हुनेबित्तकै मिति तय गरेर प्रतियोगिता सञ्चालन गर्ने फाउण्डेशनकी अध्यक्ष खड्काले बताउनुभयो ।

समुन्द्रि सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा रहेको टोड्केमा पृष्ठभुमिमा हिमाल र पहाडी भूगोलको अवलोकन गर्दै खेलाडीहरुले आफ्नो शक्ति प्रर्दशन गर्ने अवसर पाउनेछन् । टोड्के हिलका सञ्चालक शेरचनले टोड्केलाई पर्यटकीय गन्तब्यका साथै हाई अल्टिच्युड खेल सञ्चालन स्थलको रुपमा पनि बिकास गर्न पहल गरिएको बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...