माओबादी केन्द्र म्याग्दीको इञ्चार्जमा पौडेल

Gandaki Pardesh notice

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीको इञ्चार्जमा गोबिन्द पौडेल चयन हुनुभएको छ ।
माओवादी केन्द्रको काठमाडौमा बसेको केन्द्रिय कमिटि बैठकले प्रदेश, जनबर्गीय संगठन र बिभागीय नेतृत्व चयन गरेको हो ।

Bhautik ministry notice about road

जस अन्तरगत जिल्ला कमिटि अध्यक्ष पौडेललाई बढुवा गरेर इञ्चार्ज बनाएको माओवादी केन्द्रले जनाएको छ । पौडेल बि.स. २०६४ को पहिलो संबिधानसभा निर्वाचनमा म्याग्दीबाट निर्बाचित हुनुभएको थियो ।

पौडेल तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाको पनि जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । म्याग्दीमा लामो समय माओवादी पार्टीको नेतृत्व गरेका पौडेल इञ्चार्ज बनेपछि जिल्ला अध्यक्ष वा संयोजकमा नयाँ पुस्ता आउने सम्भावना बढेको माओवादीका नेताहरुले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...