बेनीको नेपानेमा बालकक्षा चलाउने बाहनामा चलखेल (स्थलगत भिडियो रिपोर्ट सहित)

Sinchai Khanipani notice

सन्तोष गौतम
बेनी । म्याग्दीको बेनी नगरपालिका–६ नेपानेमा जनप्रतिनिधीको मिलेमतोमा प्रक्रिया पुरा नगरी अनुमति बिना बाल बिकास केन्द्र सञ्चालन भएको छ ।

जनप्रतिनिधिले आफु अनुकुलका व्यक्तिलाई मापदण्ड र प्रक्रिया पुरा नगरी बाल बिकास केन्द्रका सहयोगी कार्यकर्ता नियुक्त गरी तलबभत्ता र शैक्षिक सामग्री खरिदमा चलखेल गरेका आरोप लागेको छ । बि.स. २०७४ देखि २०७७ सम्म वडा न. ६ को सिफारिसमा बेनी नगरपालिकाले वार्षिक रु. एक लाखका दरले सो केन्द्रमा खर्चेको छ ।

वडा अध्यक्ष कृष्णसिंह बानियाले मासिक रु. छ हजारका दरले तलब पाउनेगरी नेपानेकी मनिषा दमैलाई केन्द्रको सहयोगी कार्यकर्ता नियुक्त गर्नुभएको छ । स्थानीय तह सञ्चालन निर्देशिका अनुसार वडालाई शिक्षक, बाल शिक्षा सहयोगी कार्यकर्ता नियुक्त गर्ने अधिकार छैन् ।

Shreekrishna hardwear in news

ब्यवस्थापन समिति हुनुपर्ने, सम्बन्धित पालिकाबाट अनुमति लिनुपर्ने, प्रतिस्पर्धाबाट नियुक्त गरिएका सहयोगी कार्यकर्ताको तलबभत्ता, प्रशासनिक र मसलन्द खर्च मातृ बिद्यालय मार्फत भुक्तानी हुने नीतिगत ब्यवस्था सो केन्द्र सञ्चालनमा कार्यान्वयन भएको छैन् ।

नेपानेकी सहयोगी कार्यकर्तालाई बेनी नगरपालिकाले गत असार अन्तिम साता चेक मार्फत २०७७ पुष देखि २०७८ असार सम्मको तलब वापतको रु. ४१ हजार ५८० भुक्तानी गरेको छ । गत आर्थिक वर्षमा रु. एक लाख बिनियोजन भएको थियो । असार २३ अघि पारिश्रमिक र मसलन्दका लागि भनेर रु. ४७ हजार ८०० भुक्तानी भएको छ ।

वडा अध्यक्ष कृष्णसिंह बानियाले वडाले बालकक्षा सञ्चालनका लागि बि.स. २०७४ मै नगरपालिकामा सिफारिस गरेको र सहयोगी कार्यकर्तालेनै बिनियोजित बजेट लगेको बताउनुभयो । “जो मान्छेले त्यहाँ पढाउछ उसैले पैसा लगेको छ,” उहाँले उल्टै प्रश्न गर्नुभयो “आफैले अनुमतिनै नदिएको बालकक्षालाई नगरपालिकाले किन भुक्तानी दियो ?”

वडा कार्यालयले नगरपालिकामा पठाएको एक वर्षपछिको २०७८ पुष ३ गतेको मिति राखेर रु. ४८ हजार वडा अध्यक्षले तबलभत्ता बुझाएको बुझिलिनेको हस्ताक्षर नभएको शंकास्पद भरपाई र बानियाको तर्क मेल खाँदैन् । सोही वडाको डम्मरामा पनि यस्तै शैलीमा सञ्चालन भएको बालकक्षाको नाममा नगरपालिकाले गत आर्थिक वर्षको अन्तमा रु. एक लाख भुक्तानी गरेको छ ।

Bhautik ministry notice about road

वडाका जनप्रतिनिधीको मिलेमतोमा प्रक्रिया पुरा नगरी, अनुमति बिनै अपारदर्शी रुपमा सञ्चालन भएको बालकक्षाको कोठाको दुराअवस्थाले त्यहाँ भएको लगानीमाथि प्रश्न उठाएको छ । बालकक्षा सञ्चालन भएको भनिएको राममन्दिर आमा समूहको भवनको कोठामा सिमेन्ट, पाइप, गुन्द्रि, गल, घन, बेल्चा लगायत निर्माण सामग्री थुपारिएको छ ।

दुई वटा ह्वाइट बोर्ड, एक वटा टेबुल, बाल्टी र भित्तामा केही थान सिकाई सामग्री मात्र भेटियो । नेपानेका बासिन्दाहरुले बालकक्षाको प्रभावकारिता र लगानीको उपलब्धिको बिषयमा खुलेर प्रशंसा गर्ने अवस्था नरहेको बताएका छन् । स्थानीय बिमल थापाले सुरुमा सञ्चालन भएपनि अहिले सक्रिय भएको नदेखेको र समुदायले पनि चासो नदिएको गुनासो गर्नुभयो । हिउँदमा सञ्चालन भएपनि अहिले बालकक्षा बन्द रहेको स्थानीय सर्बजित खत्रीले बताउनुभयो ।


सहयोगी कार्यकर्ता दमैले आफ्नो क्याम्पसको परिक्षा भएको र कोरोनाका कारण साउनमा बालकक्षा सञ्चालन गर्न नसकेको बताउनुभयो । उहाँले बालकक्षामा स्थानीयले आफू गाउँमा नभएको समयमा मन्दिर निर्माणका सामग्री राखिदिएको गुनासो गर्नुभयो । बरनाथ आधारभूत बिद्यालयमा जान नसक्ने तीन÷चार वर्ष उमेर समूहका १५ जना बालबालिकाहरुलाई दैनिक चार घण्टा पढाउने गरेको उहाँले बताउनुभयो ।

एक्लेपिपलको आधारभूत बिद्यालय जामुनाखर्क माबिमा गाभिएपछि ४० भन्दा बढी घरधुरीको बसोबास रहेको नेपाने र गुफा टोलमा आवश्यकता महशुस गरेर योजनाको रुपमा बालकक्षा सञ्चालन भएको नगरपालिकाले जनाएको छ ।

कार्यबिधी र निर्देशिका नहुँदा नेपाने लगायत नगर क्षेत्रका बालकक्षाको नियमन गर्न समस्या भएको नगर शिक्षा अधिकृत अर्जुन पौडेलले बताउनुभयो । “बालकक्षाहरुलाई नगरपालिकाले बजेट दिइरहेको अवस्था छ,” उहाँले भन्नुभयो “आफ्नै कार्यबिधी तथा निर्देशिका बनाएर नियमन, ब्यवस्थापन, अनुगमन र मुल्याङकन् गर्छौ ।”

बेनी नगरपालिकामा ५२ वटा बालकक्षा छन् । नेपानेका साथै डम्मरा, थाकनपोखरी, डिम्म, बराह, चेतना, जनज्योती बालकक्षाका लागि नगरपालिकाले यस आर्थिक वर्षमा समेत बजेट बिनियोजन गरेको छ । कार्यबिधी बनाउन ध्यान नदिदाँ बालबिकासकाका लागि बिनियोजन भएको बजेट दुरुपयोगको जोखिम बढेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...