तीन वटा कृषि उपज र आलु संकलन केन्द्र निर्माण

Sinchai Khanipani notice

बेनी । म्याग्दीमा यस वर्ष चार वटा कृषि उपज र आलु संकलन केन्द्रको भवन निर्माण भएको छ ।

ग्रामिण क्षेत्रका कृषकले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारण र बजारीकरण गर्ने उद्देयले संकलन केन्द्र स्थापना भएको हो । कृषि ज्ञान केन्द्रको सहयोगमा तीन वटा र निर्वाचन क्षेत्र पुर्बाधार बिकास कार्यक्रम अन्तरगत पुर्बाधार बिकास कार्यालय मार्फत एक वटा कृषि उपज संकलन केन्द्र निर्माण भएको छ ।

दुई वटा कृषि उपज र दुई वटा आलु संकलन तथा भण्डारणका लागि भवन निर्माण भएको हो । कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी नगरपालिका–४ बास्कुनामा कृषि उपज, रघुगंगा गाउँपालिका–६ ठाडाखानी र ८ घ्याँसीखर्कमा आलु संकलन केन्द्रको भवन निर्माण भएको कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताउनुभयो ।

Shreekrishna hardwear in news

अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा पुर्बाधार बिकास कार्यालयको सहयोगमा कृषि उपज संकलन केन्द्रको भवन निर्माण भएको हो । “गाउँका कृषकहरुले थोरै थोरै मात्रामा उत्पादन गरेका कृषि उपज केन्द्रमा संकलन गरेर बजार पठाउन सहयोग पुगोस भनेर संकलन केन्द्र बनाएका हौ,” कृषि प्रसार अधिकृत पाण्डेले भन्नुभयो “आलुको बिउलाई सुरक्षित रुपमा भण्डारण गरेर गुणस्तरीय बनाउन बिउ भण्डारण केन्द्रले सहयोग पुग्छ ।”

बेनी नगरपालिका ४ बास्कुनामा निर्माण भएको कृषि उपज संकलन केन्द्रको भवन । तस्बिर धौलागिरी खबर
Bhautik ministry notice about road

सुन्तला, दूध र तरकारी खेतीको पकेट क्षेत्र बास्कुनामा कृषि उपज संकलन निर्माण निर्माणका लागि केन्द्रले रु. सात लाख ७४ हजार अनुदान सहयोग गरेको थियो । दुई कोठे भवनमा तरकारी, दूध र तरकारी संकलन गरेर बजार पठाउने र बजारबाट ल्याइने बिउ, मल भण्डारण गरेर राख्ने गरिएको बास्कुना कृषि सहकारी संस्थाका अध्यक्ष तिलक गुरुङले बताउनुभयो ।

यसैगरी आलु पकेट क्षेत्र ठाडाखानीमा दुई कोठे आलु विउ संकलन र भण्डारण भवन बनाउन केन्द्रले रु. पाँच लाख ९९ हजार ४०० सहयोग गरेको छ । करिब दश हजार किलोग्राम आलुको बिउ भण्डारण गर्न सकिने दुई कोठे भवन बनाएको ठाडाखानीको भिरकुना कृषक समूहका अध्यक्ष भमाया बुढाथोकीले बताउनुभयो ।

झिङखानी ब्यवसायिक कृषि उपज उत्पादन केन्द् (ब्लक) आयोजना सञ्चालक समितिले घ्याँसी खर्कमा १४ मिटर लम्बाई र ६ मिटर चौडाई भएको आलु संकलन केन्द्रको भवन बनाएका छन् । रु. आठ लाखको लगानीमा निर्माण भएको भवनमा स्थानीय कृषकहरुले उत्पादन गरेको आलु संकलन गरेर बजार पठाउने ब्यवस्था मिलाउने समितिले जनाएको छ ।

यसैगरी तरकारी र आलुको पकेट क्षेत्र मानिएको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा गण्डकी प्रदेश सभा सदस्य बिनोद केसीको सिफारिसमा निर्वाचन क्षेत्र पुर्बाधार बिकास कार्यक्रमको रु. दश लाख सहयोगमा कृषि उपज संकलन केन्द्रको भवन निर्माण भएको छ ।

मनिबराह बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष लोकबहादुर पुर्जाले दुई तले भवन निर्माण भएको जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...