घतानमा मुक्तिनाथको सेवा केन्द्र

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–९ घतानको नेप्टेचौरमा सोमबार बेनीको मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाको सेवा केन्द्र स्थापना भएको छ ।

घतान बचत तथा ऋण सहकारी संस्था मुक्तिनाथमा गाभिएपछि स्थापना भएको सेवा केन्द्रको बेनी नगरपालिका–९ का वडा अध्यक्ष बेलबहादुर चोखालले उद्घाटन गर्नुभयो । सहकारीले गत हप्ता रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र सञ्चालन गरेको थियो ।

बचत तथा ऋणको कारोबार संगै अन्य आधुनिक वित्तिय सेवा समेत उपलब्ध गराउने गरि सेवा केन्द्र सञ्चालन गरिएको सहकारीका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार, यस सहकारीले म्याग्दीको मंगला र पर्वतको जलजला गाउँपालिकामा समेत सेवाकेन्द्र सञ्चालन गर्ने तयारी गरेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बेनीमा रहेको न्यु निलगिरी बचत तथा ऋण सहकारी र घतान बचत तथा ऋण सहकारी संस्था समेत मुक्तिनाथ सहकारीसंग एकिकृत भएर कारोवार सुरु गरेका छन् । सहकारीहरुबिच एकिकरण भएर एकिकृत कारोवार संगै सेवा विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर अघि बढेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

केन्द्रको उद्घाटन गर्दै वडा अध्यक्ष चोखालले ग्रामीण क्षेत्रका नागरिकलाई आर्थिक कारोबार र बचतका लागि सहकारीले सहयोग पुगेको बताउनुभयो । उहाँले सहकारीले स्थानीय स्तरमा पुँजीको संकलन र ऋणको लगानी संगै राष्ट्रिय स्तरमै पुँजीको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

सहकारीमा एक हजार २५० जना शेयर सदस्य र रु. आठ करोड पाँच लाख शेयर पुँजी रहेको छ । गत आर्थिक बर्ष २०७७÷०७८ मा रु. ४२ करोड ४५ लाख ६१ हजार बचत संकलन गरेको यस सहकारीले रु ४३ करोड २७ लाख ८४ हजार लगानी र ५३ करोड ५० लाख ५१ हजार कारोवार गरेको जनाएको छ ।

सहकारीका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब अध्यक्ष सेरबहादुर केसी, कोषानन्द आचार्य, सञ्चालक समिति सदस्य जयराम सुबेदी, रुद्र रेग्मी, स्थानीय यामबहादुर चोखाल र रश्मी बानियाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । बिजय चोखालले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष दण्डपाणी सापकोटाले स्वागत गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...