पाइप काटिएपछि कोत्रबाङमा सिचाईको समस्या

Gandaki Pardesh notice

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ कोत्रवाङमा पाइप काटिएपछि सिचाईको समस्या भएको छ ।

धुरेनी खोलादेखि कोत्रवाङमा सिचाईका लागि पानी लैजाने पाइप शनिबार राति अज्ञात व्यक्तिले काटिदिएका हुन् । पाइप काटिदिएपछि ५० रोपनी भन्दा बढी खेतमा लगाएको धानबालीमा सिचाई गर्न समस्या भएको स्थानीय कृषक बिरबहादुर खत्रीले बताउनुभयो ।

Bhautik ministry notice about road

६३ एमएमको ३०० मिटर पाइप काटेर जंगलमा फालिदिएका छन् । सिम कुहुँ हुदै टोड्के जोड्ने सडक निर्माणका क्रममा नहर भत्किएपछि बैकल्पिक माध्यम पाइपबाट पानी ल्याउने गरिएको थियो । गाउँपालिकाले दिएको पाइप जोड्ने सिचाईका लागि पानी आपुर्ति गरेका थिए ।
स्थानीयबासीहरुले पाइप काट्ने ब्यक्ति पहिचान गरि कारबाही गर्न बाबियाचौर प्रहरी कार्यालयमा निबेदन र गाउँपालिकालाई जानकारी गराएका छन् । गाउँपालिकालाई सिचाइका लागि तत्काल पाइप उपलब्ध गराउन पनि माग गरेका छन् ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...