दूधेखोलाको बाढीले एक घर बगायो, ४५ घर जोखिममा, बेनी–बरंजा सडक अवरुद्ध

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी –३ दूधेखोलामा सोमबार बिहान बाढीले एक घर बगाएको छ । ४५ घरधुरीको बसोबास रहेको दूधेखोलाको बस्ती बाढी र कटानको जोखिममा परेको छ ।


भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनुका साथै जोखिम बनाएको हो । बाढीले बगाएर दिपा पुनको घर पूर्ण क्षति भएको वडा सदस्य गेमप्रसाद घर्तिले बताउनुभयो । ‘नारायण पुन र तिलाराम थापाको घर उच्च जोखिममा छन,’ उहाँले भन्नुभयो ‘दूधेखोलाको दायाँ र बाँया किनारमा रहेका ४५ घरधुरी भएको बस्तीनै बाढीको जोखिममा परेको छ ।’ नारायण पुनको गोठमा बाँधेको दुहुना भैसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ ।

Shreekrishna hardwear in news


करिब सात सय मिटरको दुरीमा बाढीले बस्तीतर्फ कटान गरेको छ । कोप्रेतर्फ पनी कटानको जोखिम छ । बाढीका कारण बेनी नगरपालिका र मंगला गाउँपालिकाको चार वटा वडालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–बरंजा सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा भकिम्ली, सुर्केमेला, बास्कुना, थामडाडा र बरंजा सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । सो क्षेत्रका कृषकलाई बेनीमा दूध ढुवानी गर्न समस्या भएको छ । खानेपानी र सिचाईको पाइप बाढीले बगाएको छ । हल्लेगौडाको पहिरोका कारण दूधेखोला–हल्लेगौडा–डाडाखानी हुदै भकिम्ली जोड्ने सडक गत जेठ देखिनै अवरुद्ध छ ।

Bhautik ministry notice about road


दूधेखोलाको बाढीले म्याग्दी खोला बग्ने ठाउँलाई साधुरो बनाउँदा तलाउ बनेको छ । तलाउका कारण चुत्रेनीमा डुवान र कटानको जोखिम बढेको छ । राती १ बजे भूकम्प जाँदाको जस्तो कम्पन आएपछि घर बाहिर निस्कीदा बाढी आएको देखेको र सुरक्षित ठाउँमा गएर रात कटाएको स्थानीय ओमबहादुर घर्तिमगरले बताउनुभयो ।
स्थानीयबासीहरुले जोखिमयुक्त घरका सामान सारेका थिए । घरबास बिहिन बनेका दिपा पुनका परिवारलाई खाली घरमा सारिएको स्थानीय ज्ञानबहादुर घर्तिले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक नवराज केसीको नेतृत्वमा सुरक्षाकर्मीहरुको टोली बिहान घटनास्थल पुगेको छ ।


बाढीले पु¥याएको क्षतिको बिबरण संकलन, बिस्थापितको ब्यवस्थापन, जोखिममा रहेका घरपरिवारलाई स्थानान्तरण र थप जोखिमको अध्ययन शुरु गरेको प्रहरी निरिक्षक केसीले बताउनुभयो ।
म्याग्दी र दूधेखोलाको दोभानमा अवस्थित दूधेखोलामा केही वर्षयता बस्ति बिकास हुदै गएको छ । बाढी नियन्त्रण यहाँको चुनौति बनेको छ । बाढी र कटान नियन्त्रणका साथै अवरुद्ध सडक खुलाउन र खानेपानीको आपुर्ति गराउन नगरपालिका मार्फत पहल गर्ने वडा अध्यक्ष पदम पुनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...