युवा संगठन म्याग्दीका नेतामाथि आक्रमण र जिल्ला कार्यालय तोडफोड

Sinchai Khanipani notice

बेनी, नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालको बेनी नगरपालिका–४ तातोपानीमा रहेको जिल्ला कार्यालय तोडफोड र कार्यकर्तालाई कुटपिट गरेका छन् ।

भदौ २ गते राती भएको घटनाको बिषयमा संगठनका केन्द्रिय अध्यक्ष पाटन जंगलीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति शनिबार सार्वजनिक भएको हो । २ गते राती २ बजे तातोपानी स्थित संगठनको जिल्ला कार्यालयमा रहेको साइनबोर्ड फाल्ने, झण्डा च्यात्ने र जलाउने कार्य भएको भन्दै अध्यक्ष जंगलीले गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

Bhautik ministry notice about road

सोही घटनाको बिषयमा जाँचबुझ तथा कार्यालयको अवस्था बुझ्न गएका केन्द्रिय सदस्य, गण्डकी र धौलागिरी ब्युरो इञ्चार्ज इन्द्र, म्याग्दी जिल्ला अध्यक्ष नबिन लगायत पाँच जना नेताहरुलाई आक्रमण गरी गम्भिर घाइते बनाएका बिज्ञप्तिमा उल्लेख छ ।

Shreekrishna hardwear in news

तातोपानीमा युवा संगठनले केही दिन अघि कार्यालय स्थापना गरेको थियो । “स्थानीय दलालहरु र तिनका लठ्ठयत गुण्डाहरुबाट” तोडफोड र आक्रमण भएको संगठनले जनाएको छ । यस्ता गतिबिधी रोक्न र उचित जवाफ दिने चेतावनी दिएको संगठनले घटनाको छानबिन गरी दोष्हिरुलाई कानुनी कठघरामा ल्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

तातोपानीका बासिन्दाहरुले भने युवा संगठन नेपालले प्रकाशन गरेको बिज्ञप्ति झुटो भएको र आफ्नो ठाउँलाई बदनाम गरिएकोमा दुख व्यक्त गरेका छन् । रातीको समयमा मदिरा सेवन गरेकाहरुले बोर्ड हटाएका, भोलिपल्ट संगठनका नेताहरुले बोर्ड फाल्नेलाई कोठाभित्र लगेर कुटपिट गर्दा स्थानीयले बिरोध गरेका, प्रहरी आएपछि बिषयलाई सामान्यीकरण गरिएको, झण्डा च्यात्ने र संगठनका नेताहरुलाई कुटपिट नगरिएको स्थानीयबासीहरुले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...