गलेश्वर मन्दिरमा पित्तलको छाना हाल्न शुरु

Shreekrishna hardware

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेर्न शुरु भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाउन सुरु गरेको हो ।

२०७७ फागुन १५ गते भएको कोषको १५औँ कार्यकारी सभाले गरेको निर्णय अनुसार मन्दिरको छानालाई फेर्न काम सुरु भएको कोषका सदस्य सचिब माधवप्रसाद रेग्मीले बताउनुभयो ।

“आपुर्तिकर्तासँग गत चैतमै सम्झौता गरेपनि निषेधाज्ञाका कारण पित्तलको पाटा ल्याउन नसकेपछि चार महिना काम हुन सकेन्,” उहाँले भन्नुभयो “भदौ तेस्रो हप्ताभित्र गलेश्वर मन्दिरको छानामा पित्तल राख्ने काम सक्ने गरि तिब्रताका साथ काम भइरहेको छ ।”

Shreekrishna

मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले रु. पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ । शर्माका बुवा राधाकृष्ण पराजुलीले वि.सं २०५५ मा २० लाख खर्चेर मन्दिर निर्माण गर्नुभएको थियो ।

कुल रु. ३१ लाख पचास हजार लागत अनुमान गरिएको पित्तलको छाना राख्ने योजनाका लागि कोषको आन्तरिक श्रोतबाट रु. २७ लाख भन्दा बढी ब्यहोर्ने निर्णय भएको छ । मन्दिरको गजुर राखिएको भागमा पित्तलले छाइसकिएको छ । अहिलेको सिमेन्टको छानो बर्षेनी रंगरोगन गरिदै आएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

सिमेन्टको छानोमाथि पलाईउड राखेर पित्तल राख्न थालिएको छ । पित्तलले छाउँदा आकर्षक देखिने, बलियो र टिकाउ हुने सदस्य सचिब रेग्मीले बताउनुभयो । वाइट छानो फेर्न कोषका कोषाध्यक्ष बमबहादुर पुनको अध्यक्षतामा उपभोक्ता समिति बनाएर काम गरिएको हो ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।

हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो ।

मन्दिरमा भक्तजनले चढाउने भेटीबाट पूर्बाधार निर्माण, पुजा ब्यवस्थापन, संस्कृत बिद्यालय, बृद्धाश्रम र तिर्थयात्री निवास सञ्चालन भएको छ । पछिल्लो दुई वर्षयता कोरोनाका कारण मन्दिरमा पुजाआजा नहुँदा आयस्रोत घटेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...