रघुगंगामा शिक्षक दरबन्दी मिलान

Gandaki Pardesh notice

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले शिक्षक ब्यवस्थापन र दरबन्दी मिलान गरेको छ ।

शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयले बनाएको दरबन्दी मिलान तथा ब्यवस्थापन कार्यबिधी २०७६ बमोजिम पालिका स्तरीय कार्यबिधी बनाएर शिक्षक दरबन्दी मिलान र ब्यवस्थापन गरेको हो ।

बिद्यार्थी संख्या अनुपातको आधारमा पहिलो चरणमा पुलमा रहेका प्राथमिक तहका नौ जना शिक्षकको दरबन्दी मिलान गरिएको गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुबेदीले बिज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ ।

Shreekrishna hardwear in news

साउन २१ गते बसेको गाउँ शिक्षा समितिको बैठकले प्राबि तहका २३ जना शिक्षकलाई सोही बिद्यालयको उपल्लो तहमा समायोजन गर्ने, शून्य दरबन्दिमा सञ्चालित पाँच वटा बिद्यालयमा खाली दरबन्दि पठाएको र पाँच वटामा शिक्षकनै पठाउने निर्णय गरेको थियो ।

Bhautik ministry notice about road

कृष्ण, हिमालय, अन्नपूर्ण, देउराली, जनआदर्श, सिदार्थ ज्ञानमन्दिर आधारभूत, मुक्तिधाम, महेन्द्र र चिमखोलाको अमर माविको एक÷एक वटा दरबन्दी काटिएको छ । रितुङ माबी र शिशुकल्याण आधारभूतले दुई÷दुई, जनता, ज्ञानोदय, रघुगंगा र कालिका मावी, शिशुकल्याण, सिज्ञार्थ ज्ञानमन्दिर, मालिका आधारभूतले एक÷एक वटा दरबन्दी पाएका छन् ।

गाउँपालिकाको शिक्षा समितिले भूगोललाई आधार मानेर १–३ कक्षा सञ्चालन भएकोमा कम्तिमा दुई वटा, १–५ लाई ३ वटा र ६–८ सञ्चालन भएको बिद्यालयमा कम्तिमा ४ वटा दरबन्दि रहनेगरी कार्यबिधी बनाएको थियो ।

रघुगंगामा १० वटा माबी सहित ३३ वटा सामुदायिक बिद्यालय छन् । शिक्षक दरबन्दी मिलान, ब्यवस्थापन र गाउँपालिकाले अनुदानको ब्यवस्था मिलाएपछि प्रस्तावित बिद्यालयहरुलाई निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन अभिभावकबाट अप्रत्यक्ष हिसाबले शूल्क लिनुपर्ने समस्या कम भएको छ ।

यसअघिका दुई वटा आर्थिक वर्षमा रघुगंगा गाउँपालिकाले शून्य दरबन्दीमा सञ्चालन भएका चार वटा बिद्यालयमा शिक्षक उपलब्ध गराएको थियो । रितुङ माबिका प्रअ खिमबहादुर छन्त्यालले देउसीभैलो, लाहुरे स्वागत र चन्दा मागेर शिक्षकको तलबभत्ता जुटाउदै आएका प्रस्तावित बिद्यालयहरुलाई राहत मिलेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...