वारीबेनीमा सुख्खा पहिरोले ग्यारेज पुरिदा एक जनाको मृत्यु

Gandaki Ghumau

बेनी, पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा बिहीबार साँझ सुख्खा पहिरोले ग्यारेज पुरिदा एक जनाको मृत्यु भएको छ ।

रारा अटोमोवाइल्सको ग्यारेजमा गाडी मर्मतका लागि आएका एक जना सवारी धनीको मृत्यु र दुई जना मजदुर घाइते भएका वारीबेनी प्रहरी चौकीले जनाएको छ । घटनास्थल म्याग्दीको सदरमुकाम बेनी बजारसँगै सिमाना जोडिएको ठाउँ हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका अन्दाजी ३७÷३८ वर्षका टेकमान गर्बुजाको घटनास्थलमै मृत्यु भएको वारीबेनी प्रहरी चौकीका प्रमुख भरत गौतमले बताउनुभयो । पहिरो खसेपछि भाग्ने क्रममा घाइते भएका मजदुर राजु ठाकुर र जन्की खानको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

Shreekrishna
Gunasthariya Shiksya

उनिहरु खतरामुक्त भएका छन् । पहिरोले पुरिएर मृतक गर्बुजा धनी र चालक रहेको ग १ ज ६६३२ नम्बरको महिन्द्रा कम्पनीको बोलेरो जिप र ध १ ज ९८६ नम्बरको इको भ्याटमा क्षति पुगेको छ । गाडी मर्मत गरिहेको अवस्थामा एक्कासी ढिस्को सहितको पहिरो खसेर ग्यारेज पुरिएको छ ।

गाडी भित्रै रहेका गर्बुजा ढोका खोलेर भाग्ने क्रममा पुरिएका थिए । पहिरोले ग्यारेज सञ्चालन भएको टहरा, गाडी मर्मत सम्बन्धी सामग्री पुरेर क्षति गरेको छ । वारीबेनी, मिलनचोक र कालीपुलको प्रहरी चौकी, बेनीको जिल्ला प्रहरी कार्यालय, गलेश्वरको सशस्त्र प्रहरीको आश्रित गुल्मका सुरक्षाकर्मी र स्थानीयबासीहरुले पहिरोले पुरिएको शव निकालेका थिए ।

पर्वतका प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्री, म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राई, सशस्त्र प्रहरीको गलेश्वर आश्रित गुल्मका डिएपी हरिबहादुर गुरुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिनबहादुर खड्का लगायतले घटनास्थलको निरिक्षण गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...