अस्पतालमा ‘बोरिङ’ पानी (भिडियो सहित )

Sinchai Khanipani notice

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालमा पानीको अभाव टार्न ‘बोरिङ’ गर्न थालिएको छ ।

अस्पतालमा खानेपानी, सरसफाई र बिरामीको उपचारका लागि आवश्यक पर्ने पानी आपुर्ति गर्न भूमिगत पानी आपुर्ति गर्न ‘डिप बोरीङ’ निर्माण भएको हो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले पानीको अभावमा उपचार र सरसफाई प्रभावित हुन थालेपछि बोरिङ प्रबिधीको आयोजना निर्माण भएको जानकारी दिनुभयो ।

“गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयको सहयोगमा नियमित पानी आपुर्तिको ब्यवस्था मिलाएका छौ,” उहाँले भन्नुभयो “ अस्पतालमा आफ्नै पानीको स्रोत नहुँदा समस्या भएको थियो ।”

Shreekrishna hardwear in news

खानेपानी आयोजना निर्माणका लागि प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७÷७८ मा रु. पचास लाख बिनियोजन गरेको थियो । डिप बोरीङ गर्न रु. २० लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का प्रतिस्पर्धामा बेचेको रु. ३० लाखबाट ५० हजार लिटर क्षमताको पानी भण्डारण गर्ने टंकी र घेराबार बनाइएको छ ।

Bhautik ministry notice about road

अस्पताल परिसरमा १६० मिटर जमिन मुनी पाइप राखेर समसिबल पम्पबाट पानी तान्ने उपकरण जडान भएको अध्यक्ष कटुवालले जानकारी दिनुभयो । प्रति सेकेण्ड एक लिटरका दरले आपुर्ति गर्न सकिन्छ । प्रयोगशालामा परिक्षण गर्दा उपयुक्त देखिएपछि बोरिङको पानी आपुर्ति गर्ने योजना निर्माण भएको हो । म्याग्दी जिल्लामै पहिलो पटक बेनी अस्पतालमा बोरिङ प्रबिधीको खानेपानी आयोजना निर्माण भएको बताइएको छ ।

धेरै पानी खपत हुने अस्पतालमा पर्याप्त पानी आपुर्ति नहुँदा सरसफाई, डायलाइसीस र उपचार तथा उपभोगमा समस्याले डिप बोरीङ बनाइएको अध्यक्ष कटुवालले बताउनुभयो । अस्पतालमा दैनिक ५० हजार लिटर खानेपानी आवश्यक पर्छ । बेनी खानेपानी उपभोक्ता संस्थाले बितरण गर्ने पानी प्रयोग गरिएको छ ।

पाँच हजार लिटर क्षमताको पुरानो टंकी र सार्वजनिक धाराको पानीले माग धान्न नसक्ने अवस्था थियो । बाढी, पहिरोले मुहान, पाइपलाइनमा क्षति पुगेर सार्वजनिक खानेपानी आपुर्ति प्रभावित हुँदाको असर अस्पतालमा पर्ने गरेको थियो । अस्पतालको सबै कक्षमा नियमित पानी आपुर्ति गर्ने जिआई पाइपलाइन जडान गरिएको छ । यसअघि पलास्टिकको पाइपबाट पानी बितरण गरिएको थियो ।

बेनी अस्पतालमा केही बर्षयता पुर्बाधार र उपकरण थपिदै गएपछि उपचार सेवामा सहजता हुनका साथै सर्वसाधारणलाई सुबिधा पुगेको छ । वि.स २०७२ मा १५ बाट पचास शैया क्षमतामा स्तरोन्नति भएको अस्पतालमा पूर्वाधार, उपकरण र सुबिधा बिस्तारले तिब्रता पाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...