म्याग्दीका कमल पुर्जा बेलायतका ‘लोकल हिरो’

Add Samajik bikash office

कोरोना महामारीका बेला पुरयाएको उत्कृष्ट योगदानको कदर गर्दै बेलायतका समाजसेवी भूतपूर्व गोर्खा कमल पूर्जालाई इस्टली बरो काउन्सिलले लोकल हिरोजबाट  सम्मान गरेको छ । 

महामारीको चुनौतिपूर्ण समयमा पूर्जाको सक्रियता र समाजसेवी भावनाको कदर गर्दै उनलाई स्थानीय काउन्सिल र बासिन्दाहरुको तर्फबाट ‘इस्टली लोकल हिरो’ अर्थात स्थानीय नायकको रुपमा सम्मान गरिएको हो । 

माहामारीका बेला समाजमा उनले गरेका विभिन्न किसिमको योगदानको मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको काउन्सिलले जनाएको छ । 

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पूर्जाले विशेष गरि शारिरीक रुपमा अशक्त तथा कमजोर  रहेका गोर्खा नेप्लिज कम्युनिटीका सदस्यहरुमाझ कल्याणकारी भूमिका निर्वाह गरेका थिए । 

उनले दैनिक जीविकोपार्जनका लागि अत्यावश्यक सामग्री खरिद गर्ने, औषधिका लागि प्रिस्क्रिप्शन मगाइदिने, अस्पताल पुरयाउने देखि दोभाषेको समेत काम गरेका थिए । 

लोकल हिरोको रुपमा सम्मान गर्ने अवसर पाएकोमा इस्टली बरो मेयर सिन्थीया गार्टनले खुशी व्यक्त गरेकी छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...