मंगलाको पिपलबोट र रणबाङ जोड्ने झोलुङ्गे पुल जोखिममा

Sinchai Khanipani notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ पिपलबोट र वडा नम्बर –२ रणबाङ जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । म्याग्दी नदीमाथिको झोलुङ्गे पुल जोखिममा परेको हो ।

म्याग्दी नदीको कटान र पहिरोका कारण पुलको रणबाङ तर्फको जिप भत्कने अवस्थामा छ । पुलको नजिकै पुगेको पहिरोले पैदलमार्ग खसालेको छ ।

Bhautik ministry notice about road

पिपलबोटका बासिन्दा दिनेश ढकालले पुलको जिप सुनसुकै बेला खोलामा खस्ने अवस्थामा छ । “रणबाङबाट पिपलबोट आउदै गरेका दुई जना बिद्यार्थी हिडिरहेको अवस्थामा सोमबार अपराहन्न अकस्मात टेकेको जमिन खस्दा उनिहरुको झोला खोलाले बगायो, उनिहरु भागेर ज्यान बचाए,” उहाँले भन्नुभयो “निरन्तरको कटान र निरन्तरको पहिरोले जिप भत्किने खतरामा छ ।”

Shreekrishna hardwear in news

सो पुल बगाउँदा रणबाङ, पाखु, पिपलबोट, कुर्सीम्ला लगायत बस्तीका बासिन्दालाई आवत जावतमा समस्या हुनेछ् । पाच मिनेटमा वारपार गर्न सकिनेमा पुल नहुँदा घण्टा भन्दा बढी समय लाग्ने घुमाउरो बाटोको प्रयोग गर्नुपर्ने अवस्था आउने सम्भावना छ । मानवीय क्षति हुन नदिन पुलमा आवत जावतमा रोक लगाउनुपर्ने देखिन्छ । प्राबिधिक टोलीले अध्ययन गरेर सम्भव भएसम्म कटान र पहिरो रोकथामको काम गर्नुपर्ने आवश्यकता छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...