धौलागिरि खबर

छिस्वाङमा माबि चलाउन प्रवासीको सहयोग

Hariyali Groups Pvt Ltd

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ छिस्वाङमा माध्यमिक तहको बिद्यालय सञ्चालन गर्न अस्टे«लियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । मंगला गाउँपालिका–५ मा जन्म भई हाल अस्टे«लियामा रहेका १३ जनाले प्रस्ताबित सारदा माबिलाइ रु. ८१ हजार ५०० सहयोग गर्नुभएको हो ।

सन्तोष मल्ल, राजन सापकोटा, रमेश रोका, प्रतिक्षा रोका, पबित्रा कडेल थापा, एल्सोन तुलाचन, बिपना केसी, सबिना भट्टचन, सिमा बुढाथोकी, निशा केसी, केशु पुन, कमला ढकाल र हेम कडेलले सो रकम सहयोग गर्नुभएको हो ।

उहाँहरुले यसअघि कोरोना संक्रमितको उपचारका लागि मंगला गाउँपालिकाले अर्मन स्वास्थ्य चौकीको भवनमा सञ्चालन गरेको कोरोना अस्पताललाई तीन थान अक्सिजन सिलिण्डर उपलब्ध गराउनुभएको थियो ।

Rara Auto Mobiels

सहयोगदाता रमेश रोकाका बुवा थमबहादुर रोकाले बिद्यालयमा पुगेर रकम हस्तान्तरण गर्नुभएको थियो । बिद्यालयलाई स्तरोन्निति गर्न सञ्चालित अभियानमा हालसम्म करिब रु. ४५ लाख संकलन भएको छ ।

स्वदेश तथा बिदेशमा रहेका सेवा क्षेत्रका बासिन्दाहरुको पहलमा सो सहयोग प्राप्त भएको हो । नयाँ शैक्षिक सत्र २०७८ देखि मा.बीको पठनपाठन सुरु गराउन निजी स्रोत र तल्लो तहमा दरबन्दि भएर माथिल्लो तहमा पठाउने शिक्षकको तलबभत्ताका लागि रु. एक करोड करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित अभियान सञ्चालन भएको छ ।

छिस्वाङका कृष्णबहादुर मल्लको संयोजकत्वमा समिति बनाएर आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ । रोजगारी, पेशा ब्यवसाय र अध्ययनको शिलशिलामा प्रवासमा रहेका पुर्ब बिद्यार्थी, अभिभावकहरुको पहलमा सहयोग जुटाएका हुन् ।

Chadani auto head

छिस्वाङमा माबी तहको पठनपाठन सञ्चालन भएपछि मंगलाको पिपलबोट, सिर्कुम, पाखु, टिकावाङ, मालिका गाउँपालिकाको खोप्टि र दुखुबेशीका बालबालिकाहरुलाई सुबिधा पुग्ने ब्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर खत्रीले बताउनुभयो ।

यहाँका बिद्यार्थीहरु यसअघि कक्षा ८ उतिर्ण भएपछि अर्मन, बाबियाचौर र दरवाङ जाने गर्दथे । घरबाट बिद्यालय पुग्न डेढ घण्टासम्म पैदल हिड्नु पर्ने समस्या थियो । गाउँ र नजिकै मावि तहको पढाई हुने बिद्यालय खुलेपछि भौगोलिक बिकटता, पारिवारिक र आर्थिक कारणले कक्षा ८ पछी पढाइ छोड्नुपर्ने बिपन्न बिद्यार्थीको बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

८ कक्षा उतिर्ण गरेपछि पढ्नका लागि घर छाडेर छात्रावास, डेरा र आफन्तकहाँ बस्नुपर्ने समस्या हट्नेछ । बि.स. २०१५ मा स्थापना भएको सारदा आधारभूतको ६ देखि ८ सम्म पनि निजी स्रोतबाट सञ्चालन हुदै आएको थियो । २०१ जना बिद्यार्थी छन् ।

प्रा.बी तहका चार जना शिक्षकको दरबन्दि भएको सो बिद्यालयमा गाउँपालिकाले हालै दरबन्दि मिलान गरेर थप एक जना शिक्षक पठाएको छ । गाउँपालिकाले एक जना शिक्षकको तलबका लागि बजेट ब्यवस्था गरेको छ । निजी स्रोतका तीन जना शिक्षकको तलबभत्तामा हाल मासिक रु. ४१ हजार खर्च हुन्छ ।

आरुबोट सामुदायिक बन उपभोक्ता समूहले घाँस, दाउरा र काठ बेचेर गर्न सहयोग र केबुल टिभी सञ्चालन गरेर शिक्षकलाई तलब दिने गरिएको छ । ७२ घरधुरी केबुल टिभी प्रयोगकर्ताबाट मासिक रु. दुई सयका दरले बिद्यालयलाई सहयोग प्राप्त हुन्छ । मावि तहमा थप तीन जना शिक्षक राख्दा सरकारले तोकेको तलक दिदाँ प्रति शिक्षक मासिक रु. ३७ हजार ९९० रुपैयाँ आवश्यक पर्छ ।

दुई जना नयाँ शिक्षक थप गर्ने र एक जना तल्लो तहको दरबन्दि भएकाले मावि तहमा पढाउने योजना बनाइएको छ । तह थप र स्तरोन्नितिका लागि पुर्बाधार निर्माणको काम पनि भइरहेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत हालै चार कोठे दुई तल पक्कि भवन निर्माण भएको छ ।

यसअघि दुई÷दुई कोठे दुई वटा ट्रस भवन निर्माण भएको थियो । पुननिर्माण प्राधिकरणको सहयोगमा शौचालय निर्माण भइरहेको छ । घेराबार गरेर बिद्यालय परिसरलाई ब्यवस्थित बनाइएको छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...