रिखार दैनिक पत्रिका छैठौ वर्षमा प्रवेश

Gandaki Kotihome

बेनी । बेनीबाट प्रकाशन हुदै आएको रिखार राष्ट्रिय दैनिक पत्रिका आज भदौ १ गते सोमबारदेखि छैठौ बर्षमा प्रवेश गरेको छ ।

बि.स. २०७३ देखि प्रकाशन आरम्भ गरेको रिखार दैनिकले म्याग्दी र छिमेकी जिल्लाका स्थानीय मुद्दाहरुलाई प्राथमिकता दिएर समाचार र बिचार प्रकाशन गर्दै आएको छ ।

स्थानीय समस्या, सम्भावना, बेतिथि, विकृतिको उजागर गरि त्यसको न्युनीकरणमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउने र समाजमा भएका सकारात्मक क्रियाकलापको प्रर्वद्धनमा हाम्रा रिखार दैनिकले प्राथमिकता दिएको छ ।

Upper Myagdi transmition line notice

वार्षिक उत्सवको अवसरमा पत्रिकाका प्रकाशक सन्तोष गौतमले पाठकवर्ग, विज्ञापनदाता, प्रेस, लेखक, स्थानीय सरकार, संघ संस्था र उर्जाशिल पत्रकार तथा कर्मचारीहरुमा आभार ब्यक्त गर्नुभएको छ ।

Annapurna aarohan ko notice

“सूचना पाउने नागरिकको मौलिक अधिकारको संरक्षण, तथ्यपरक, सन्तुलित समाचार, सिर्जनशिल विचारको माध्यमबाट स्वच्छ र सभ्य समाज निर्माणमा योगदान गर्ने अभिप्राय सहित रिखार दैनिक पत्रिकाको जन्म भएको थियो,” प्रकाशक गौतमले भन्नुभएको छ “संबिधान जारी भएर राज्य पुनसंरचना र संघीयता कार्यान्वयनको चरणमा परिवर्तनलाई संस्थागत गरि तल्लो तहका नागरिकको पहुँचमा राज्यको सेवा सुबिधा र विकासको अनुभूति गराउन हामीले भूमिका खेल्नुपर्छ ।”

संघीय ब्यवस्थाको सफल कार्यान्वयनका लागि स्थानीय सरकारको सवलीकरणसँगै त्यहाँ हुने नकारात्मक गतिबिधिको खबरदारी तथा सकारात्मक अभ्यासको विकास गराउन नागरिक दवाव अझै पनि आवश्यक देखिएको छ । संबिधान, कानुन र ब्यवस्थाको रक्षा, विकास र सम्बृद्धीको नारालाई ब्यवहारिक बनाउन सामाजिक समस्या र बेतिथि न्युनीकरण गर्न पनि हामीले आफ्नो ठाउँबाट योगदान गरेको छ ।

जटिल परिस्थितिमा पत्रिकाको भूमिकालाई अझै प्रभावकारी बनाउन छापा र सामाजिक सञ्जालसँगै अनलाईन मार्फत आम पाठकमाझ पुग्नका लागि रिखार दैनिक पत्रिकासँगको सहकार्यमा धौलागिरी खबर डटकम अनलाइन पत्रिका पनि सञ्चालनमा आएको छ ।

खोजमुलक, विकास, परिवर्तन, संघीयताको सबलीकरण र आर्थिक बिषयसँग सम्बन्धित समाचार र बिचारलाई प्राथमिकता दिने पत्रिकाले जनाएको छ । बार्षिक उत्सवको अवसरमा बेनीको बालमन्दिरचोक स्थित पत्रिकाको कार्यालयमा म्याग्दीका पत्रकारहरुको उपस्थितिमा शुभकामना आदानप्रदान गरिएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...