प्रशारण लाइन प्रभावित क्षेत्रमा बृक्षारोपण गर्न बिरुवा बितरण

Gandaki Kotihome

बेनी । नेपाल बिद्युत प्राधिकरणले निर्माण गरेको कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजनाको दाना–कुश्मा खण्डको प्रभावित क्षेत्रमा बृक्षारोपण गर्न बिरुवा बितरण गरिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना देखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने ३९.६ किलोमिटर दुरीको २२० केभी क्षमताको प्रशारण लाइनको प्रभाव न्युनीकरण कार्य अन्तरगत सामुदायिक वन समुह र समुदाय मार्फत बृक्षारोपण गर्न समुहलाई गैरकाष्ठ प्रजातिका बिरुवा बितरण गरिएको हो ।

वतावरण तथा सामाजिक अध्ययन बिभाग काठमाडौले दुई जिल्लाका डिभिजन बन कार्यालय र आयोजनाको वातावरण तथा सामाजिक इकाईसँगको समन्वयमा पाँच हजार ५५० वटा फलफुल, जडिबुटी र घाँस प्रजातिका बिरुवा बितरण बितरण गरेको थियो ।

Upper Myagdi transmition line notice

वातावरण तथा सामाजिक इकाई कुश्माका वातावरण बिद् मोहम्मद जँहागिर अलीले ११ वटा सामुदायिक वन उपभोक्ता समूहलाई ओखर, टिम्मुर, अमला, हर्रो, बर्रो, तेजपत्ता, रायो खनिउ, पैयु, टमिलो, लप्सि प्रजातीका बिरुवा बितरण गरिएको बताउनुभयो ।

Annapurna aarohan ko notice

पर्वतको लस्ती बर्नेटा सामुदायिक बन उपभोक्ता समूहलाई ५५०, बिन्दाबासिनी सामुदायिक वन उपभोक्ता समूहलाई ६५०, धुलेपाल्सिङ र ठुलो सल्लेरी भिरमुनी सामुदायिक बन उपभोक्ता समूहलाई एक÷एक हजार बिरुवा उपलब्ध गराइएको छ ।

म्याग्दीको राहुघाट सल्लेरी, भुमेबराह एकराते र दोसल्ले सल्लेरीलाई पाँच÷पाँच सय, तुसारेपानीलाई दुई सय, घराम्दीलाई १५०, किम्लाखर्कलाई १०० र डिहीडिमरबोटलाई चार सय बिरुवा बितरण गरिएको वातावरणबिद् अलीले बताउनुभयो । प्रशारण लाइन र टावर प्रभावित क्षेत्रमा ती बिरुवा रोपिएको छ ।

२०७७ माघमा नेपाल बिद्युत प्राधिकरणले करिब रु. तीन अरबको लागतमा दाना–कुश्मा प्रशारण लाइन र सबस्टेशन निर्माण गरेको थियो । खुर्कोट देखि चुवा मोदी हुदै पोखराबाट केन्द्रिय ग्रिडमा जोडिएको यस आयोजनाको कुश्मा न्यु बुटवल खण्ड अन्तरगत पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुदै नवलपरासीको बडेरामा निर्माणाधिन २२० केभी सबस्टेशनसम्म अर्को प्रशारण लाइन निर्माण भइरहेको छ । आयोजना प्रभावित क्षेत्रमा स्थायी रुपमा वन क्षेत्र प्रयोग भएको जग्गाको सट्टा भर्नाको लागि म्याग्दीमा ३१ रोपानी, ५ आना, १ दाम, ३ पैसा क्षेत्रफलको जग्गा खरिद गरि सट्टा भर्ना गरेको छ ।

आयोजनाले प्रभावित क्षेत्रका सामुदायिक बनका उपभोक्तालाई वन तथा बन्यजन्तु संरक्षण, क्षमता विकास, गैर काष्ठ बन पैदावार उत्पादन तालिम संगै विभिन्न बोट विरुवा वितरण समेत गरेको छ । आयोजना प्रभावितलाई आय र सिपमुलक तालिमका साथै मुआब्जा, क्षतिपुर्ति र सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत करिब दुई करोड पचास लाख रुपैयाँ लगानी भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...