घारखोलाको बाँध र सुरुङ निर्माण अन्तिम चरणमा

Beni Sanjibani

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलबिद्युत आयोजनाको बाँध र सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध र सुरुङ निर्माणको काम ९५ प्रतिशत सकिएको हो । विद्युतगृह, पेनस्टक पाइप जडान लगायत पूर्वाधार निर्माणको काम पनि धमाधम भैरहेको छ ।

म्याग्दी म्याग्दी हाइड्रोपावर लिमिटेडका अधिकृत अनिल तिवारीले आगामी २०७९ असार महिनाभित्र बिद्युत उत्पादन गर्ने कार्ययोजना सहित निर्माण कार्यलाई तिब्रता दिएको बताउनुभयो । “तीन हजार पाँच मिटर सुरुङ मध्य हालसम्म दुई हजार ८५५ मिटर खनिसकिएको छ,” उहाँले भन्नुभयो “दशै अघि सुरुङको ब्रेक थ्रु हुन्छ ।”

Mangala Health notice about Je

अर्थुङे स्थित नेपाली सेनाको शत्रुभञ्ज्याङ गुल्म अन्तरगत घार स्थित बेस क्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न बिस्फोटक पदार्थ प्रयोग गरिएको छ । सन २०१८ जनवरी देखि सुरु भएको आयोजनाको हालसम्म ७० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको छ ।

अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि १२ मिटर अग्लो बाँध र पानी थिग्राउने डिसेन्डर निर्माण भएको छ । डिसेन्डरदेखि सुरुङ सम्म ३८.३ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडानको काम सकिएको छ ।

Beni nagarpalika ko janahit ma jari notice

पोखरेबगर स्थित गोजेखोल्सीमा बिद्युतगृह बनाउन पहाड काटेर जग्गा तयार पारिएको छ । आउटलेट देखि बिद्युतगृहसम्म ४९० मिटर पेनस्टक पाइप मध्य करिब ७० मिटर पाइप जडान भइसकेको छ । घारखोलाको सिभिल ठेकेदार साउथ एसियन इन्फ्राइन्ट्रक्चर प्रा.ली. हो । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रा.ली. र हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रा.ली.ले उपकरण तयार पारेको छ ।

सिभल ठेकेदारका दैनिक १५० जनाको हाराहारीमा मजदुरले काम गरिरहेका छन् । कोरोनाका कारण बाहिरबाट मजदुर ल्याउन समस्या भएपनि उपलब्ध मजदुरलाई परिचालन गरिएको हो । भौगोलिक बिकटता, कोरोनाको जोखिम, निषेधाज्ञा र पहिरोको असहज अवस्थाका बीच पनि आयोजनालाई निरन्तरता दिएको आवासीय इञ्जिनियर जोसेब बज्राचार्यले बताउनुभयो ।

पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब स्टेशनसम्म साढे सात किलोमिटर प्रशारण लाइन निर्माण गर्न वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेको छ । यो आयोजनाको अनुमानित कुल लागत रु. दुई अरब ४१ करोड ५८ लाख २५ हजार हो ।

घारखोला जलबिद्युत आयोजनाको बाँध नजिकै निर्माण भएको डिसेण्डर क्यानल । तस्बिर धौलागिरी खबर

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको म्रिस्तीखोला र पाँच मेगावाट क्षमताको घलेम्दी जलबिद्युत आयोजनाले बिद्युत उत्पादन सुरु गरेको छन् । ११० मेगावाट क्षमताको निलगिरी र निलगिरी क्यासकेट जलबिद्युत आयोजना निर्माण पनि धमाधम भैरहेको छ । ६ मेगावाट क्षमताको रेलेखोला जलबिद्युत आयोजनाले बेशी गाउँदेखि लेकगाउँहुदै बाँधतर्फ पहुँचमार्ग निर्माण गरिसकेको छ ।

कालीगण्डकी र आसपासका नदीमा सञ्चालित आयोजनामा उत्पादन हुने बिद्युत केन्द्रीय ग्रिडमा जोड्ने नेपाल बिद्युत प्राधिकरणले अन्नपूर्ण–३ दानामा २२० केभी क्षमताको सबस्टेशन र त्यहाँदेखि खुर्कोट जोड्ने ३९ किलोमिटर दुरीको प्रशारण लाइन निर्माण भएपछि जलबिद्युत आयोजना निर्माणले गति लिएका छन् ।

अन्नपूर्ण–५ र ६ को सिमाना कुरिलाबगरमा निर्माणाधिन घारखोला जलविद्युत आयोजनाको बाँध । तस्बिर धौलागिरी खबर
Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...